प्राकृतिक रुपले रमणीय र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण इलाम जिल्लाका २१ वटा स्थानको पूर्वाधार विकास तथा संरक्षणका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । ‘नेपाल पर्यटन वर्ष २०११’ लाई सार्थक बनाउन आगामी आर्थिक बर्ष२०६७/०६८ मा ती क्षेत्रको सम्भाव्यता अध्ययनका लागि पर्यटन तथा नागरिक उड्डयन मनत्रालयलाई जिल्ला विकास समिति इलामले अनुरोध गरेको छ ।
यसअघि जिविसको १६ औं जिल्ला परिषद्ले ती क्षेत्रको अध्ययनका लागि विशेष प्रस्ताव पारित गरेको थियो । अध्ययन गरिने ठाँउहरुमा माइपोखरी, गजुरमुखी, श्रीअन्तु, सन्दकपुर, सिद्धिथुम्का, सानो पाथिभरा, छिन्टापु, लारुम्बा, कन्याम, तीनजुरे लगायत रहेका छन् । यसैगरी जिल्ला विकास समितिले इलामको प्रमुख प्रवेशद्वार सुनमाई र कोल्बुङको सिमानामा व्यवस्थित पर्यटन सूचना केन्द्र स्थापनाका लागि प्रकृया थालेको छ । सूचना केन्द्रको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताइएको छ । इलाम आउने पर्यटकलाई इलामको विभिन्न प्रकारका सूचना एकै ठाँउमा उपलब्ध हुन सकोस् भन्ने उद्देश्यले सूचना केन्द्रको अवधारणा ल्याइएको हो । यता इलामको पर्यटन गुरुयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अव केही समयपछि गुरुयोजना तयार गरी सार्वजनिक गर्ने गुरुयोजना निर्माण कार्यदलका सदस्य विष्णु काफ्लेले जानकारी दिए ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।