Monday, May 10, 2010

केपी विद्या रावल र प्रदिपलाई कार्वाही माग

काठमाडौं २७ वैशाख÷ नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमसहित ६० जना नेताले प्रधामन्त्री माधब नेपालको राजिनामा माग गरिरहेको बेला एमालेका ७४ युवा नेताहरुले समेत त्यस्तै माग गरेका छन् । एमालेको भातृ संगठन अनेरास्ववियुका पुर्व केन्द्रीय पदाधिकारी रहेका उनीहरुले पार्टीलाई एकताबद्ध बनाउन एमाले नेता केपी ओली भीम रावल प्रदीप नेपाल र विद्या भण्डारीमाथि कार्वाहीको माग समेत गरेका छन् ।
पार्टी अध्यक्ष झलनाथ खनालसमक्ष ज्ञापनपत्र बुझाई युवा नेताहरुले महाधिवेशनको विधान नीति कार्यक्रम र सैद्धान्तिक अवधारणालाई उल्लङ्घन गर्ने चार नेतामाथि कार्वाहीको माग गरेका हुन् । उनीहरुले पार्टीभित्रका अतिवादी र गुटगत प्रवृत्तिलाई परास्त गर्न उचित दण्ड सजायको भागिदार बनाउनुपर्नेमा जोड दिएका छन् ।
पार्टीको आठौं महाधिवेशनपश्चात् जिल्ला-जिल्लामा समानान्तर कमिटी गठन गर्ने पार्टीका अध्यक्ष चीनमा भएका बखत पार्टी कार्यालयमा पार्टीको कुनै आधिकारिक निर्णयविना नेतृत्वविरुद्ध पत्रकार सम्मेलन गर्नु जस्ता काम गरेकाले केपी ओलीलगायतलाई कारबाही गर्नुपर्ने माग उनीहरुको छ । यसैगरी महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई अवज्ञा गर्दै क्षेत्रीय पार्टी गठन गर्छु भन्दै सपथ ग्रहण बहिष्कार गर्ने र गृहमन्त्रीको बार्गेनिङपछि मात्र सपथग्रहण गर्ने भीम रावललाई पनि कारबाही गर्नुपर्ने जिकिर उनीहरुले गरेका छन् ।
युवा नेताहरुले आपुनै पार्टीको प्रधानमन्त्रीले बोलाएको मन्त्रीपरिषद बैठकमा अनुपस्थित हुने र क्याबिनेट निर्णय तथा अन्तरिम संविधानको भावनाविपरीत वक्तव्यवाजी गर्ने विद्या भण्डारीलगायतलाई पनि कारबाही गर्नुपर्ने उल्लेख गरेका छन् । यस्तै विभिन्न पत्रपत्रिकामा लेखरचना प्रकाशित गरी पार्टीका नेताहरुको धज्जी उडाउने प्रदीप नेपाललाई समेत कार्वाही हुनुपर्ने उनीहरुको माग छ ।
७४ युवा नेताहरुले इमेलमार्फत अध्यक्ष खनाललाई बुझाएको पत्रमा राजनीतिक अन्यौलपूर्ण घडीमा देश र जनताको हितहुने गरी राष्ट्रिय सहमतिको आधारमा सरकार गठनको माग प्रसस्त गर्नुपर्नेमा जोड दिइएको छ । उनीहरुले आठौं महाधिवेशनको फैसला र पार्टी निर्णयलाई कार्यान्वयन गरी पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन अबिलम्ब पहल गर्न अध्यक्षसँग माग गरेका छन् । ज पनपत्र बुझाउनेहरुमा झापाका चन्द्र भण्डारी मोरङका पारुल क्षेत्री विमल गुरुङ बुद्धी राउत धनकुटाका दिलकुमारी राई अर्जुन राई गजेन्द्र लिम्बु सुनसरीका नारायण बस्नेत संखुवासभाका जीवन गुरुङ राजकुमार थापा खेमराज गुरुङ भविश्वर गुरुङ लगायत रहेका छन् । यसैगरी भीम ओली बाँके नवराज गुरुङओखलढुंगा रामप्रसाद रिमाल दोलखा टेकराज पछाई जुम्ला प्रकाश रोकाया कालिकोट उमेश शर्मा ललितपुर सुरेन्द्रमान कार्की कैलाली महेन्द्र राई लेखबहादुर बस्नेत उदयपुर भैरव रावल राम बहादुर कुँवर ज्ञानेन्द्र कुँवर अछाम डेजी पाण्डे कैलाली आनन्द श्रेष्ठ रामेछाप पार्वती के।सी। स्याङ्जा रमेश पन्थी रुपन्देही डम्मर कार्की दैलेख चन्द्र शाही डडेलधुरा शान्ता आचार्य रोल्पा प्रयाग खड्का बझाङ कर्ण शाही दैलेख सुनिता रोका जानुका रोका खोटाङ र रेखा थपलिया धादिङ रहेका छन् ।
ज्ञापनत्र बुझाउने अन्यमा सुस्मिता ढकाल पुरुषोत्तम प्याकुरेल माधव तिम_िल्सना भुवनेश्वर लामिछाने काठमाडौं नवराज रोस्यारा डोटी होमबहादुर दोङ नुवाकोट बसन्त बस्नेत नुवाकोट घनश्याम भट्टराई चितवन सिद्धराज तिम_िल्सना कैलाली कृष्ण आचार्य कालिकोट चक्र बोगटी हुम्ला पूर्णबहादुर मल्ल कालिकोट खिमप्रसाद न्यौपाने बर्दिया दीपज्योति चन्द बैतडी सुरेन्द्र विष्टडम्मरिसं बोहरा काचनपुर रणबहादुर चन्द कैलाली डिल्ली गुरुङ खोटाङ इन्द्रकला सुवेदी चितवन केदार पौडेल सुरेन्द्र राई खोटाङ महेन्द्र राई उदयपुर रहेका छन् ।



No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।