Thursday, May 13, 2010

प्रहरी र तस्कतर विच झडप

विर्तामोड, ३० वैशाख । अबैध रुपमा भन्सार छलेर ल्याएको सामान बरामद गर्ने क्रममा प्रहरी र व्यपारीबीच झापाको विर्तामोडमा बिहीबार झडप भएको छ । सशस्त्र प्रहरीले पूर्वी नाका काँकडभिट्टा हँुदै यात्रु बसमा लुकाएर ल्याएको सामान बरामद गरेपछि झडप भएको हो ।
सिमापारीबाट भन्सार छलेर ल्याएको सामाग्रंी सशस्त्र प्रहरीले रोक्दा स्थानीय खुद्रा व्यापारीहरु प्रतिकारमा उत्रिएका हुन् । बसबाट अबैध रुपमा ल्याएको लत्ता कपडा र खाद्य सामाग्रीहरु प्रहरीले बरामद गरेपछि सामान ल्याउनेहरुको समुहले प्रहरीमाथि आक्रमण गरेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याँस समेत प्रहार गरेको छ ।
व्यपारीहरुले पूर्ब पश्चिम राजमार्ग अन्र्तगतका बिभिन्न बजारमा बिक्री गर्न ल्याएको सामान विर्तामोडमा चेकजाँज गरी प्रहरीले बरामद गर्न खोजेपछि झडप भएको हो । झपडपछि प्रहरीले बरामद गरेको अबैध सामान व्यापारीले खोसेर लगेका छन् । सामान बोकेको बस प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल पाथीभारा गण लखनपुरका गणपति एसपी गणेश ठाडामगरले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।