Monday, May 10, 2010

माओवादीले संयुक्त मोर्चा बनाउने

काठमाडौं २७ वैशाख÷ शान्ति प्रकृया र संविधान निर्माणका लागि आन्दोलनमा रहेको एकीकृत नेकपा माओवादीले धर्मनिरपेक्षता र राष्ट्रिय स्वाधीनताका पक्षमा उभिने शक्तिसँग मिलेर संयुक्त मोर्चा बनाउने भएको छ । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नयाँ संविधान निर्माण र शान्ति प्रकृया तार्किक निश्कर्षमा पुर् याउनका लागि संयुक्त मोर्चा गठन गर्ने निर्णय गरेको हो ।
माओवादी प्रवक्ता दिनानाथ शर्माले धर्मनिरपेक्षता र संघीय गणतन्त्रात्मक संविधान निर्माण लागि उभिने शक्तिसँग संयुक्त मोर्चा बनाउने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय समेत गरेको छ । यस अघि नै आइतबार बसेको माओवादी स्थायी समिति बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ । बैठकले प्रधानमन्त्रीले राजिनामा नदिएसम्म सरकारसँग कुनै पनि किसिमको औपचारिक वार्तामा नबस्ने निर्णय गरेको छ । सरकारले राजिनामा नदिएसम्म बार्ताको लागि सहमतिको बातावरण बन्न नसक्ने बैठकले ठहर गरेको छ । सरकार सहमतिको लागि तयार नभएकोले प्रधानमन्त्रीबाट प्राप्त पत्रको जवाफ पठाउन आवश्यक नपर्ने प्रवक्ता शर्माले बताउनु भयो ।
माओवादी उपाध्यक्ष डा।बावुराम भट्टराईले सरकारसँग तत्काल वार्ताको सम्भावना नरहेको बताउनु भयो । प्रधानमन्त्री माधवकुमार नेपाल जनताप्रति जिम्मेवार नभएकाले समस्या समाधान हुन नसकेको उहाँको आरोप थियो । पार्टी स्थायी समितिको बैठकपछि साचारकर्मीहरुसँग प्रतिकृया दिँदै डा।भट्टराईले सहमतिको पहिलो शर्त प्रधानमन्त्रीको राजीनामा भएको दोहोर् याउनु भयो । सहमतिको पहिलो शर्त प्रधानमन्त्रीको राजीनामा नै हो तर प्रधानमन्त्री जनताप्रति जिम्मेवार नभएकाले कुसर्ीमै टाँसिएर बस्नु भएको छ-भट्टराईको भनाई थियो ।
बैठकले आमहड्तालको समिक्षा गर्दै शान्तिपूर्ण हड्ताल सफल भएको समेत ठहर गरेको छ । यसैगरी आमहड्तालका बेला सहादत प्राप्त गर्ने गणेश सुवेदी रुद्रबहादुर केसी सहबीर बिक मोहन भुजेल मोहनबहादुर ठकुरी टेकबहादुर अछामी बीरबहादुर परियार दलबीर ओलीलाई बैठकले सहिद घोषणा गरेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।