संविधान सभाको निर्वाचनमा बहुमत ल्याएको छु भन्दै फूर्ति गर्दै हिँड्ने माओवादीलाई फेरि एक पटक काँग्रेस र एमालेले मिलेर पछारेका छन्। संवैधानिक समितिको सभापति चयन गर्न आज भएको मतदानमा माओवादीका उम्मेदवार नारायणकाजी श्रेष्ठ पराजित भएका छन्। यो पद अब काँग्रेसका निलाम्बर आचार्यको हातमा पुगेको छ। आचार्यले २९ मत पाए भने श्रेष्ठले २१ मत। ११ जना सभासद मतदानमा उपस्थित भएनन्। ज्येष्ठ सभासदले अध्यक्षता ग्रहण गर्ने र उसले मतदानमा भाग लिन नपाउने भएकाले १२ जनाले मतदानमा भाग लिएनन्। यो समितिमा ६३ सदस्य थिए। ४ जनाले आजै बिहान न्यायिक प्रणाली समितिमा मतदान गरेकाले मत दिन पाएनन्। तमलोपाका ३ जनाले आफ्ना कार्यकर्तालाई सर्वोच्च अदालतबाहिर विरोध गर्ने क्रममा पक्रिएको भन्दै विरोध गर्दै मतदान बहिस्कार गरे। नेमकिपा, नेकपा एकीकृत र एमएस थापाले पनि मतदान गरेनन्।यो पदमा सुरुमा माधवकुमार नेपाल थिए। माओवादीले नै जोड गरेर उनलाई सभापति बनाइएको थियो। उनलाई सभापति बनाउन रातारात समानुपातिकमा सभासद बनाइएका सुशीलचन्द्र अमात्यलाई बलिको बोका बनाएर राजीनामा दिन लगाएर नेपाललाई सभासद बनाइएको थियो। तर पुर्पुरो बलियो भएर नेपाल प्रचण्डलाई नै पछारेर प्रधानमन्त्री बनेपछि संविधान बनाउनका लागि मुख्य रुपमा लाग्नुपर्ने यो समितिको सभापति पद लामो समयदेखि खाली थियो।
सरकारबाट बाहिरिएपछि यो पद हाम्लाई चाहिन्छ भनी माओवादीले दावी गर्दै आएको थियो। तर काँग्रेस पनि हाम्लाई नै चाहिन्छ भन्ने अडानमा थियो। यी दुईको मेरो गोरुको बार्है टकाबीच सहमति खोज्न सकिन्छ कि भनेर भदौ २ गते हुनुपर्ने निर्वाचनलाई सारेर १२ गते अर्थात् आजका लागि सारिएको थियो। तर अहँ, हुन सकेन सहमति। अन्तिम समय अर्थात् आज बिहानसम्म सहमतिको प्रयास जारी थियो। बिहान ८ बजे हुने भनिएको मतदान सहमति हुन्छ कि भनेर ३ घण्टा पर सारिएको थियो। काँग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरु सहमतिका लागि जुटेका थिए। अझै सहमति खोज्न आजको मतदान स्थगित गरौँ भनी माओवादीले राखेको प्रस्ताव काँग्रेसले नमानेपछि ११ बजेबाट निर्वाचन प्रक्रिया सुरु भएको थियो।
हिजो पनि कोही पनि आफ्नो अडानबाट पछि हट्न तयार नभएपछि उम्मेदवारी दर्ता गर्ने निर्धारित समय अपराह्न ५ बज्न एक घण्टा बाँकी रहँदा दुई जनाको उम्मेदवारी दर्ता भएको थियो। माओवादीले नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनायो भने काँग्रेसले निलाम्बर आचार्यलाई। माओवादीले जित्ने भए बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने घोषणा गरेको थियो। तर हिजो जित्ने निश्चित भए मात्र बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने भन्न थालेको थियो। भट्टराई उम्मेदवार नबनेपछि नै यो निर्वाचनमा माओवादी नजित्ने निश्चित भएको माओवादी आफैले स्वीकारेको देखिसकिएको थियो। सहमति होला कि भन्दै काँग्रेस उम्मेदवारका समर्थकमा एमाले सभासदसमेत बस्ने निश्चित भए पनि पछि हटेका थिए।
सकारात्मक रुपमा हेर्ने हो भने संविधान निर्माणको घडी नजिकिँदै गर्दा (अर्को वर्षको जेठसम्म बनाउनु पर्छ) महत्त्वपूर्ण सभापति पद तीन महिनासम्म रिक्त हुनु ठीक थिएन। पहिले पनि संविधान बनाइसकेका, कानुनविद्का रुपमा रहेका आचार्यको नेतृत्वले संविधान निर्माण सहज हुनसकिन्छ भन्ने आशा गर्न सकिन्छ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।