Showing posts with label अन्तरवार्ता. Show all posts
Showing posts with label अन्तरवार्ता. Show all posts

Wednesday, June 16, 2010

व्यवसायीलाई नीति निर्माण तहमा लानुपर्छः बलराम आचार्य

पूर्वााचलको हरित नगरी इटहरी अहिले व्यापारिक दृष्टिले चर्चाको शीखरमा छ । त्यसमा पनि यहाँ रहेको गोरखा डिर्पाटमेण्ट स्टोरको नाम नसुन्ने प्रायः कमै होलान् । यस डिर्पाटमेण्ट स्टोरमा सर्वसाधारणदेखि उच्च सरकारी अधिकारीलगायत सीमावर्ती भारतीय जिल्लाबाट समेत किनमेलाका लागि आउने गर्दछन् । यस डिर्पाटमेण्टले ११ वर्ष पूरा गरी आज असार २ गते १२ औं वार्षिक उत्सव मनाएको छ । यसै सन्दर्भमा गोरखाका संचालक बलराम आचार्यसँग गरिएको कुराकानीः-  
अहिले इटहरीको व्यापार व्यावसाय कस्तो चलिरहेको छ  ?
इटहरी बजारको मात्र होइन समग्र देशको व्यापार व्यावसायहरु देशको राजनीतिक स्थिरताका कारण बिग्रदो अवस्थामा छ । व्यावसायीहरु स्वतन्त्रतापूर्वक आफ्नो व्यावसाय साचालन गर्न पाइरहेका छैनन् । सरकारले व्यापार व्यावसायको प्रवद्र्धका लागि कुनै पनि प्रकारका कदम नचालेको कारण दिन-दिनै व्यापारिक क्षेत्र धरासय बन्दै गएको छ ।

Thursday, June 3, 2010

जे छ, त्यसैमा रमाउन चाहन्छु

माल्भिका सुब्बा, पूर्व मिस नेपाल एवं टेली एंकर। जन्म – २०३८ साल, शिक्षा – मास कम्युनिकेसन्स एन्ड जर्नलिजममा स्नातकोत्तर अध्ययनरत। मिस नेपालका ११ श्रृंखलाका सुन्दरीमध्ये माल्भिका सबैभन्दा प्रभावशाली रहेको स्वयं पूर्व मिस नेपालहरूले सार्वजनिक कार्यक्रममा स्वीकार गरेपछि उनको उचाइ अझ बढेको छ। माल्भिका मीस नेपाल भएयता धेरै युवतीहरुले उनलाई रोल मोडेल मान्ने गरेका छन्। कान्तिपुर टेलिभिजन तथा नेपाल वानमा टेलिभिजन एंकरको भूमिका निभाइसकेकी माल्भिकाले मिस नेपालकी संयोजकका रूपमा पनि काम गर्दै आएकी छिन्।  वहाँ स।ग केही समय अगाडी गरिaको कुराकानीको सानो अंश प्रस्तुत छ ।

Tuesday, May 4, 2010

उचालेको कुकुरु जस्तो भएर आएको देखिन्छ

प्रचण्ड
अध्यक्ष एकीकृत नेकपा (माओवादी)
माओवादीको जनप्रदर्शन र हड्ताल िहंसात्मक हुने प्रचार सरकारले अझै गरिरहेको छ नि ?
मई दिवसको हाम्रो प्रदर्शनलाई समेत िहंसात्मक हुने प्रचार गरेर सरकारले आन्दोलनमाथि दमनको षड्यन्त्र गरेको थियो । तर लाखौं-लाख जनताले शान्तिपूर्ण र योजनाबद्ध रुपमा प्रदर्शन मात्र गरेर सुरकारलाई चुनौति मात्र दिएनन् साच्चिकै शान्तिपूर्ण जनआन्दोलन सुरुवातको योजनालाई सफल बनाएका छन् । अहिलेको सरकार शान्ति प्रकृया र संविधान निर्माण प्रकृयालाई अगाडि बढाउन र जनताका अत्यावश्यक समस्याहरुको सम्बोधन गर्न पूर्णत विफल भइसकेको छ । यो नेपालको इतिहासकै सबभन्दा भ्रष्ट र नालायक सरकार हो भनेर हामीले भनिरहनु पर्दैन् सत्ताधारी दलहरुभित्रैबाट आइरहेको छ ।