Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Wednesday, June 30, 2010

कुखुरा निकासी गर्न माग

दमक÷ कुखुरा निकासी खुल्ला नगरेको भन्दै झापाका कुखुरा व्यावसायी आक्रेसित भएकाछन् ।
उनिहरुले निकासी खुल्ला नभए कडा आन्दोलन उत्रने चेतावानी दमकका कुखुरा व्यावसायीहरुले दिएकाछन् । पत्रकार सम्मेलन गरि यस्तो चेतावानी दिएका हुन् । उनिहरुले आफ्ना माग तत्काल पुरा नभए आन्दोलनका लागी लोकल कुखुरा ब्याबसायि संघ दमकले सङ्घर्ष गर्ने संघका सचिब राजेन्द्र श्रेष्ठले बताए । गत बर्षको माघ देखि भेटेरिनरी प्रमाण पत्र नदिईएकाले झापामा उत्पादित कुखुरा अन्य जिल्लामा निकासी हुन जिल्ला प्रसासनले रोकेको सचिव राजेन्द्र श्रेष्ठले बताउनुभयो । त्यसैगरी झापाबाट निकासी हुँदैन भने झापामापनि कुखुरा र यसका अण्डा चल्लाहरु कुनैपनि आयातमा संघले रोक लगाईने बताएका छन् ।

च्च शिक्षामा जोड

नगेन्द्र राई
१६असारदमक, सिटिईधिटीद्वारा सम्बन्धन प्राप्त स्वास्थ्य क्षेत्रको प्राबिधिक कक्षाहरु सिएमए र एएनएम कक्षा पास गर्ने बिद्यार्थीहरुले उच्च शिक्षा पढ्न पाउनुपर्ने प्राबधान बनाउनुपर्ने दमकमा आयोजित एक अन्तकृ्रयाका सहभागिहरुले बताएका छन् ।
बुधबार आयोजित सिटिईभिटी समस्या र सम्भावना बिषयक अन्तकृ्रया कार्यक्रमका सहभागिहरुले सिएमए र एएनएम पास गर्ने विद्यार्थीहरुले चाहेमा स्नातक तह साथै एचए र एमबिबिएस अध्यायन गर्नपाउने कोटाको ब्यावस्था नेपाल सरकार र सिटिईभिटीले मिलाउनुपर्ने बताए ।

Sunday, June 13, 2010

उच्चबाँधको काम बन्द गर्न माग

धनकुटा ३० जेठ  । सप्तकोशी उच्चबाँध निर्माण भएमा पूर्वका ९ वटा पहाडी जिल्लामा मानवीय भौगोलिक र वातावरणीय समस्या उत्पन्न हुने भन्दै विभिन्न संघ संस्थाले निर्माण कार्य रोक्न माग गरेका छन् । उच्च बाँध निर्माण कार्य जनभावना विपरित भएको आवाज उठिरहेको बेला सरकारले उच्चबाँधको विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयारीको काम सुरु गरेको भन्दै उनीहरुले कडा विरोध जनाएका छन् । सप्तकोसी उच्च बाँध सरोकार साजाल किरात राई यायोख्खा लगायत संघसस्थाले डिपिआर र उच्चबाँध निर्माण कार्यको विरोध जनाएका हुन् । 
साजालका केन्द्रीय अध्यक्ष बलबहादुर राईलॆ विगतमा भारतसंँग भएको सन्धीसम्झौतामा नेपालले गुमाएको पानीमाथिको अधिकार कोशी उच्चबाँधमा पनि मुख्य सरोकारको विषय बनेको बताउनु भयो ।
सुनसरीको बराहाक्षेत्रभन्दा करिब डेढ किलोमिटर उत्तर रहेको सुनाखम्बी क्षेत्रमा भारत सरकारको अनुदानमा बाँंध निर्माण गर्ने सम्झौता अनुसार अहिले डिपिआर तयारीको काम भइरहेको छ । सो स्थानमा २ सय ६९ मिटर अग्लो बाँंध निमार्ण गरी १ सय ९० वर्ग किलोमिटर जलासय बनाएर विद्युत उत्पादन गर्ने योजना रहेको छ ।

Saturday, June 12, 2010

सरकारले चासो देखाएन

काँकाडभिट्टा २९ जेष्ठ । सरकार र दलहरुले द्धन्द व्यवस्थापनबारे चासो नदेखाएको वेपत्ता सार्वजानिक गर्ने कुरा भाषणमा मात्र सिमित रहेको एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् । उज्यालो ९० नेटर्वको आयोजना तथा स्थानीय मेची ट्युन्स एफएमको सह-आयोजनामा तत्कालीन नेकपा माओवादीद्वारा संचालित जनयुद्धपछि झापामा शान्ति स्थापनाको अवस्थाबारे विषयको सार्वजानिक सुनुवाई शनिबार झापाको धुलाबारीमा भएको कार्यक्रममा उनीहरुले राज्यले तुरुन्त वेपत्ताको स्थिति सार्वजनिक गर्न माग गरे ।

डिपिआर रोक्न यायोक्खाको माग

धरान २९ जेठ । किरात राई यायोक्खाले सप्तकोशीे उच्च बाँधको डिपिआर तयारी कार्य तत्काल रोक्न माग गरेको छ । शनिबार सुनसरीको धरानमा यायोक्खा सुनसरीले आयोजना गरेको साकेला उभौलीको समापन कार्यक्रममा वक्ताहरुले नेपालको हित विपरित रहेको भन्दै उच्च बाँध निर्माणको कार्य तत्काल रोक्न माग गरेको हुन् ।
कार्यक्रममा यायोक्खाका केन्द्रीय उपाध्यक्ष राजबहादुर राईले सप्तकोशी उच्च बाँध निर्माण कार्य आईएलओ १६९ विपरित रहेको भन्दै स्थानीय आदिवासी जनजातिहरुसँग छलफल नै नगरी काम गर्न नपाईने बताउनु भयो । उच्च बाँध नेपाल र नेपालीको हितमा नरहेको भन्दै उहाँले भारत सरकारले स्थानीय जनताको भावनालाई समेट्न नसकी काम सुरु गर्नु हेपाहा प्रबृति हो भन्नुभयो ।

Friday, June 11, 2010

डिपीएस विजयी

विराटनगर २८ जेठ  । मोरङ जिल्ला फुटबल संघको आयोजनामा कोकाकोला अन्तरस्कुल फुटबल प्रतियोगिताको विराटनगर क क्षेत्रको विराटनगरको सहिद मैदानमा शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार उद्घाटन भएको खेलमा विराटनगरको दिल्ली पब्लिक स्कुल डिपीएस विजयी भएको छ । डिपीएसले अरनिको उच्च माविलाई ४-० को फराकिलो गोलअन्तरले पराजित गरेको छ । डिपीएसका अमन कार्कीले २ गोल तथा अनभव कार्की र रोशन चोटारीले १-१ गोल गरेक थिए । यसअघि मोरङ फुटबल संघका उपाध्यक्ष उद्धव अर्यालले मुख्य रेपि्रु विमलराज भण्डारीलाई फुटबल दिएर खेलको उद्घाटन गरेका थिए । सो प्रतियोगितामा विराटनगरभरिका निजी तथा सरकारी गरी २१ विद्यालयका टिमको सहभागिता छ ।

सहमति नभएसम्म संविधान नबन्ने

विर्तामोड २८ जेष्ठ । राजनैतिक दलहरुवीचको सहमति कायम नभएसम्म संविधान बन्न नसक्ने शुक्रवार झापामा आयोजित एक अन्र्तकि्रया कार्यक्रमका सहभागीहरुले बताएका छन् । ुमानव अधिकार मैत्री संविधान अन्र्तकि्रया कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादी झापा सह-इाचार्ज ज्योतििसंह दर्लामीले विधिको शासनका लागि सबै जातीय वर्गीय क्षेत्रीय र लिङ्गीय जस्ता समस्या संवोधन हुने संविधान बनाउनु पर्ने बताउनु भयो ।

विपीका कर्मचारीहरु आन्दोलनमा

धरान २८ जेठ। सेवा सुविधा बृद्धि नभएको भन्दै सुनसरीको धरान स्थित वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन् । आपुना मागहरुको सुनुवाई नभएको भन्दै कर्मचारीहरुले असार १ गतेदेखि आन्दोलनमा उत्रने घोषणा गरेका हुन् । कर्मचारीहरुले उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्ने र सोही दिनदेखि असार ७ गते हातमा कालोपट्टी बाधेर काम गर्ने घोषणा गरेका छन् । यस्तै असार ८ गते शिक्षाध्यक्ष रजिष्टार र अस्पताल निर्देशकको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्ने कर्मचारीले बताएका छन् । एक हप्ताको समयमा समेत माग पूरा नभएमा ९ गते संयुक्त छलफल गरी दोस्रो चरणको आन्दोलनको घोषणा गरिने उनीहरुले शुक्रबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ । प्रतिष्ठानमा कार्यरत संस्था कर्मचारी कल्याण माच नसर्िङ्ग वेलफेयर कमिटी र स्वास्थ्य प्राविधिक कल्याण समितिको शुक्रबार भएको संयुक्त छलफलले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

Wednesday, June 9, 2010

आदिवासीलाई पन्ध्र प्रतिशत

नगेन्द्र राई
२७ जेष्ठदमक । आदिवासी जनाजातीलाई बजेट नदिने निस्कर्ष लिएको दमक नगरपालिकाले अन्ततः पन्ध्र प्रतिशत रकम आदिवा सीलाई छुट्याउने भएकोछ ।  बुधवार आदिवासी र दमक नगरका प्रतिनिधिहरुवीच सहमति अनुसार यस्तो निर्णय भएको हो । बार्तामा सहभागी किरात राई यायोक्खाका झापा जिल्ला अध्यक्ष सन्त कुमार बान्तावाले अहिले सरकारको तर्फबाट नगरपालिकालाई आउने १ करोढ ४७ लाख रुपैयाको १५ प्रतिशत आदिवासी जनजातिको शिर्षकमा छुट्याउन नगरपालिका सहमत भएको बताउनुभयो ।

उच्च बाँधको विरुद्ध जातीय मोर्चाहरु आन्दोलनमा

इटहरी २६ जेठ । एकीकृत नेकपा माओवादी निकटका विभिन्न जातीय संगठनहरुले सप्तकोसी उच्चबाँध परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन डिपीआर तयारीको काम तत्काल नरोकेमा कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । एकीकृत म्ााओवादीसँग आवद्ध १५ वटा बिभिन्न जातीय मोर्चाहरुले बुधबार सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरी नेपाली जनताको हित विपरीत रहेको आयोजनाको काम नरोके आन्दोलनमा उत्रने घोषणा गरेका हुन् । विराटनगरमा मङ्गलबार भएको संयुक्त बैठकपछि जातीय मोर्चाहरुले तत्काल परियोजनाको डिपिआर तयारीको काम नरोकिए असार ३ गतेपछि आन्दोलनमा जाने बताएका छन् । पत्रकार सम्मेलनमा संयुक्त जातीय मोर्चा उत्तरी क्षेत्र कोचिला राज्य समितिका संयोजक मुक्साहाङ मेन्याङ्बो मुकेसले उच्च बाँधको काम रोक्न ३ गते झापा मोरङ र सुनसरीका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएर आन्दोलन सुरु गर्ने जानकारी दिनुभयो ।

किसान अवैध मल प्रयोग गर्न बाध्य

इलाम २६ जेठे  ।  इलामका किसानहरुले अबैध रुपमा भित्रने गरेको रासायनिक मल प्रयोग गर्न बाध्य रहेका छन् । सरकारले अनुदानको मल गाउँ तहसम्म प्रभावकारी ढंगले वितरण गर्न नसक्दा किसनहरुले अबैध रुपमा भित्रिएको रसायनिक मल प्रयोग गर्न बाध्य भएका हुन् । खुला सिमानाको कारण अबैध रुपमा इलामका व्यापारीहरुले भारतबाट मल भित्र्याउने गरेका छन् । भारतबाट भित्रिने मल गुणस्तरहीन भएपनि सरकारले वितरण गर्ने भनेको मलभन्दा छिटो वितरण हुने अनुदान मलभन्दा सस्तो हुने भएकोले किसनहरु अबैध रुपमा भित्रने गरेको मल प्रयोग गरिरहेका छन् । सरकारले अनुदानमा उपलब्ध गराउने सहुलियत दरको गुणस्तरीय रासायनिक मलमा किसानहरुको पहँुच पुग्न सकेको छैन् । सरकारले यस बर्ष अनुदानको रसायनिक मल जिल्लामा ५० प्रतिशत किसानसमक्ष पुर् याने लक्ष्य राखेको थियो । तर सरकारले छुट्याएको रकमले २० प्रतिशत किसानहरुलाई मात्र धान्ने कृषि सामग्री संस्थान इलामका शाखा प्रबन्धक चन्द्र चौलागाईले जानकारी दिनुभयो ।

उच्च शिक्षा अध्ययनका लागि बचत

इनरुवा २६ जेठ । सुनसरीको सिमरियाका विद्यालय जाने किशोरीहरुले उच्चशिक्षा अध्ययनको लागि दैनिक बचन सुरु गरेका छ्न । उत्सुकता किशोरी केन्द्रको अगुवाईमा सिमरियाका मुस्लिम र मधेसी किशोरीहरुले उच्च शिक्षा अध्ययन लागि खर्च गर्न बचत सुरु गरेका हुन् । सिमरिया १ की १६ वर्षीया ममिना खातुनले गएको मंसिर महिनादेखि दैनिक बचत गरिरहेकी छन् । खातुनले शिक्षक बनेर समाजको अन्धविश्वास र अध्याँरो हटाउने सोचका साथ उच्चशिक्षा पढ्नका लागि दैनिक १० रुपौयाँका दरले बचत सुरु गरेकी हुन् । खातुनले हालसम्म २ हजार १ सय रुपैयाँ बचत गरेको बताइन् । खातुनले तराईवासी मधेसी त्यसमाथि पनि मुस्लिम समुदायका महिलाहरु घरबाट बाहिर जान नहुने धारणालाई चिर्नका लागि उच्च शिक्षा आर्जन गर्ने सोच लिएकी छन् । उच्च शिक्षा अध्ययन गर्न विद्यालय जाँदाको दैनिक नास्ता र अन्य खर्चबाट कटाएर दैनिक बचत गरेको खातुनले जानकारी दिइन् ।

हतियार प्रहारबाट दुई घाइते

विर्तामोड २६ जेठ । झापाको घेरावारीका एक व्यक्तिले आपुनी श्रीमतीसँंग अनैतिक सम्बन्ध राखेको आरोपमा स्थानीय एक युवकलाई छुरा प्रहार गरी गम्भीर घाईते बनाएका छन् । घेराबारी ७ का मोटे सतारले मंगलबार राति स्थानीय ४० वर्षीय दुर्गाप्रसाद भण्डारीलाई छुरा प्रहार गरी घाईते बनाएका हुन् । बजारबाट घरमा आउँदा श्रीमती शुक्रमणीसँंग भण्डारी बसिरहेको फेला पारेपछि मोटेले भण्डारीमाथि छुरा प्रहार प्रहरीले जनाएको छ । भण्डारीले आपुनी श्रीमतिसँग अनैतिक संबन्ध राखेको आरोपमा मोटेले छुरा प्रहार गरेका हुन् ।

पाएनन् राहत आगलागी पीडितले

इलाम २६ जेठ । करोडौं रुपैयाँको क्षति हुनेगरी गत फागुन ३ गते राति इलाम सदरमुकाममा भएको आगलागीमा परी पीडित भएकाहरुले अहिलेसम्म राहत पाउन नसकेको गुनासो गरेका छन् । आगलागी भएकै भोलिपल्ट गृहमन्त्रीसहित मुलुकका विभिन्न दलका उच्चस्तरका नेताहरु आगलागी भएको स्थलमै आएर राहत दिने आश्वाशन दिए पनि उनीहरुको आश्वाशन आश्वसनमै सीमित भएको पीडितहरुको दुखेसो छ । आगलागीमा सदरमुकामको निकुाजपथका १८ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए भने दर्जन बढी घरहरुमा क्षति पुगेको थियो । 

सामाजिक बहिष्कारमा जुवाडेलाई

उदयपुर २६ जेठ । जाँड रक्सी बेचेको तथा जुवा तास खेल्न नछाडेको भन्दै उदयपुरको त्रियुगा ८ बगाहाका मुखराचा भनिने बिन्दािसंह राईलाई स्थानीयवासीले सामाजिक वहिष्कार गरेका छन् । समाजले जाँड र_िक्स बेचेको र तास जुवा खेल्न नछाडेको भन्दै राईलाई सामाजिक रुपमा वहिष्कारको घोषणा गरेको हो ।
जनशक्ति टोल विकास संस्थाको अगुवाईमा स्थानीय सामुदायिक सचेतना साजाल र सुर्योदय युवा क्लबसहितका संस्थाका प्रतिनिधी स्थानीयवासी वुद्धिजीवी लगायतको संयुक्त छलफलमा राईले पटक-पटक सचेत गराउँदा पनि सुधि्रन नचाहेको र सामाजिक निर्णयका विरुद्ध गएको भन्दै बहिष्कारको निर्णय गरेको हो । राईलाई नसुधि्रएसम्म सामाजबाट कुनैपनि किसिमको साथ सहयोग नगर्ने निर्णय भएको जनशक्ति सेल विकास संस्थाका कोषाअध्यक्ष सुवराज तामाङले बताउनु भयो ।

भारतको नेपाल नीति असफल

-पूर्व राजदूत केभीराजन
जेष्ठ २७ गते । नेपालका लागि भारतीय पूर्व राजदूत केभी राजनले राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रकि्रया र संविधान लेखनलाई निश्कर्षम्ाा पुर् याउन आग्रह गर्नुभएको छ । रिपोर्टस्र क्लब नेपालले आज काठमाडौमा गरेको साक्षात्कारमा राजदुत राजनले शान्तिप्रकि्रयालाई निस्कर्षमा पुर् याउने नेपाली नेताहरुको प्रयासमा भारतको पूर्ण समर्थन रहेको बताउनुभयो । नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ भन्ने भारतको चाहना नभएको भन्दै उहाले नेपालको शान्तिप्रकि्रयालाई टुँगोमा पुर्याउन नेपाली नेताहरु आफैं सक्षम रहेको बताउनुभयो । नेपाली कांग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालासम्बन्धी कार्यक्रममा भाग लिन काठमाडौँ आउनुभएका उहाले नीजि भ्रमणका दौरान आफ्ना मित्रहरुसँग भेटवार्ता गरेको बताउनुभयो । 

पुर्ननिर्माणमा अनियमिताको आरोप काम बन्द गर्ने चेतावनी

जेठ २६ गते । सुनसरीको राजगँाज सिनवारी र चिमडी गावीसको सिमामा पर्ने बुढीखोलाको चन्दामोहना पुल पुर्ननिर्माण आयोजनामा अनियमितता भएको भन्दै स्थानीयवासीहरुले भोलि देखी निर्माणको कार्य बन्द गर्ने चेतावनी दिएका छन् । स्थानीयवासीहरुले पुर्ननिर्माण कार्यमा स्थानीवासीहरुलाई रोजगारी नदिइ भारतीय नागरिकलाई रोजगारी दिइएको भन्दै पुल निर्माणको कार्य बन्द गर्ने चेतावनी दिएका हुन् । उनिहरुले स्थानीबासीहरुलाई रोजगारी दिन माग गरेका छन् । आयोजनाको १३ करोड बजेटमा संचालन भएको पुल निर्माण कार्यमा सिचाइका कर्मचारी उमेश यादवले एक तर्फी रुपमा भारतीयलाई काम दिइएको भन्दै काम रोक्न माग गरेका हुन ।

किसोरी केन्द्रको अनुगमन

जेठ २६ गते । सुनसरीको विभिन्न १० गावीसमा संाचालन भएको किसोरी केन्द्रमा भईरहको गतीविधि र कार्यक्रमको बारेमा आज अनुगमन गरिएको छ । प्लान नेपाल र नारी विकास संघ विराटनगरको प्राविधिक सहयोगमा संचालन भएको किसोरी केन्द्रहरु मध्ये सिमरीयाको उत्सुक्ता किसोरी केन्द्र र औरावनीको दुर्गा महिला केन्द्र गरी दुई केन्द्रको अनुगमन गरिएको हो । संघको प्राविधिकमा व्यवहार परिवर्तनका लागी संचार कार्यक्रम अन्र्तगत संाचालन भएको किसोरी केन्द्रमा जिल्ला विकास समिति महिला विकास कार्यालय पत्रकार नारी विकास संघ र प्लान नेपालले अनुगमन गरेको संघका निर्देशक रामशुन्दर मेहताले जानकारी दिनुभयो । अनुगमनमा परिवर्तनको संकेत देखीएको अनुगमन कर्ता पत्रकार विक्रम निरौलाले बताउनुभयो ।

किन मेरो श्रीमती संग .............

झापा जेठ २६ । झापाको घेरावारी ७ का मोटे सतारले गएराती घरमा श्रीमती संग अनैतिक संम्बन्ध राखेको आरोपमा स्थानिय एक युवकलाई छुरा प्रहार गरी गम्भिर घाईते बनाएका छन् । राती साँढे ७ वजे सतारले स्थानिय ४० वर्षिय दुर्गाप्रसाद भण्डारीलाई छुरा प्रहार गरी घाईते बनाएका हुन् । बजारवाट घरमा आउँदा श्रीमती शुक्रमणीसंग भण्डारी बसिरहेको फेला पारेपछि मोटेले भण्डारीमाथी छुरा प्रहार गरेको पुर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  छुरा प्रहारवाट गम्भिर घाईते भण्डारीको ओम साई माता पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । छुरा प्रहार गर्ने सतारलाई प्रहरीले राती नै नियन्त्रणमा लिएको छ ।

Tuesday, June 8, 2010

विकास निर्माण समितिमा विवाद

इलाम २५ जेठे ।  विकास निर्माणको लागि इलाम जिल्लामा गठन भएका अधिकांश उपभोक्ता समितिमा विवाद देखिएको छ । ठूला विकास निर्माणदेखि जिल्ला विकास समिति गाविस लगायतबाट विनियोजित रकम विकास निर्माणमा लगाउने क्रममा उपभोक्ता समितिमा विवाद देखिएको हो । विकास बजेटको क्रममा रकम हिनामिना गर्ने समितिहरु नै भएपछि यस्तो समस्या देखा परेको हो । एउटा पार्टीको प्रतिनिधिले अर्को पार्टीप्रति राख्ने पुर्बाग्रहका कारण विकास निर्माणमा पनि बाधा देखापरेको छ ।