Showing posts with label विचार. Show all posts
Showing posts with label विचार. Show all posts

Saturday, May 29, 2010

गणतन्त्र घोषणा २ वर्ष : एमाले र कांग्रेस वाधक


लेखनाथ न्यौपाने 
दुई वर्षअघि आजकै दिन अर्थात् १५ जेठ २०६५ नेपालको राजनीतिक इतिहासमा एउटा महान् फड!कोको दिन” संविधानसभाको पहिलो बैठक, जसले नेपालमा गणतन्त्रको घोषणा गर्‍यो र अन्त्य गर्‍यो राजतन्त्रको” सिङ!गो देश खुसीमा रमायो र आशा गर्‍यो नया नेपालको” दिनभरको कूसाकूसी बहसपछि राति ९ बजेर २० मिनेट जादा संविधानसभाले नेपाललाई गणतन्त्रात्मक मुलुकका रूपमा घोषणा गरेको थियो” गणतन्त्रको घोषणासागै नेपाली जनताले देशैभरि खुसीयाली मनाए” दुई सय ४० वर्ष लामो शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणाको युगान्तकारी परिवर्तनको आज २ वर्ष बित्यो” यस अवधिमा जनताले चाहेको जूतो परिवर्तनको अनुभूति गर्न नपाए पनि गणतन्त्र विभिन्न आरोहअवरोहबीच अघि बढेको छ” i 

Thursday, May 27, 2010

सेनजीको संझनामा

तक्मा केसी, -
सहिद कृष्ण सेनकी जीवन सङगिनी
मिति २०४८ माघ ११ गते हाम्रो विवाह भयो । इच्छुकले विवाहलगत्तै के भन्नुभएको थियो भने “सन्तान भएमा एउटा जन्माउने, नभए पनि ठीकै छ, हाम्रा सन्तान तिनै हुन्छन् जसलाई हामीले सिर्जना गर्नेछौा ।” मेरो कमजोर शरीर देखेर सन्तान नहुन सक्छ भन्ने आशङ्काले शायद त्यो मलाई दिएको आश्वासन थियो भने अर्कोतर्फ सिर्जना गर्ने सपना र दृढ सङ्कल्प पनि थियो । त्यसबेला उहााको पहिलो पुस्तक शोकाञ्जली खण्डकाव्य भर्खर प्रकाशित भएको थियो । 

Thursday, February 25, 2010

वामपन्थी दल र जातीय आन्दोलन

डा. कृष्ण भट्टचन
नेपालमा अहिले मूलतः तीन थरीका राजनीतिक दलको सक्रियता देखिन्छ । पहिलो- जातीय, क्षेत्रगत, धार्मिक, भाषिक, सांस्कृतिक, लैंगिक र वर्गीय सवाललाई पूर्णतः अस्वीकार गरेर बनेको दल- जस्तै, नेपाली कांग्रेस । दोस्रो- वर्गीय सवालमा आधारित दल- जस्तै, ने.क.पा. एमाले र ने.क.पा. माओवादी । योमध्ये पनि एकथरी दलले वर्गीय सवाललाई केन्द्रमा राखेर जातीय, क्षेत्रगत, धार्मिक, भाषिक, सांस्कृतिक र लैंगिक सवाललाई पूर्णतः अस्वीकार गरेको छ- जस्तै, ने.क.पा. एमाले र नेपाल मजदुर किसान पार्टी । अर्कोथरी दलले वर्गीय सवालसँगै जातीय, क्षेत्रगत, धार्मिक, भाषिक, सांस्कृतिक र लैंगिक सवाललाई उठाएको छ- जस्तै, ए.ने.क.पा. माओवादी । तेस्रो- क्षेत्रगत वा जातीय सवाललाई केन्द्रमा राखेर बनेको दल- जस्तै, क्षेत्रगतमा मधेसी जनअधिकार फोरम र जातीय सवालमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाः राष्ट्रिय पार्टी ।

Monday, February 15, 2010

प्रवासवाट नेपाली पत्रकारिताले देखाएको तत्परता

कुमार कार्की
नेपाली पत्रकारिताको विकाससँगै विश्वका विभिन्न देशमा पुगेका नेपाली पत्रकारहरुले शुरु गरेको पत्रकारिता आज विश्वभरी विभिन्न माध्यमवाट फैलिएको छ । नेपालीहरुको जनघनत्ववृद्धिसँगै विभिन्न सामाजिक कृयाकलापहरु वृद्धि हुन थालेपछि ति विभिन्न देशमा नेपाली पत्रकारिता आवश्यकता महशुस गरिन थाल्यो ।
समाजमा भएका गतिविधीहरुलाई समाचारका माध्यमवाट सुचना प्रवाह गर्नका लागि नेपालमा पत्रकारिता पेशामा संलग्न भई सकेका वा पत्रकारितामा रुचि राख्ने विभिन्न पत्रकारहरु तथा विभिन्न समुहहरुको सकृयतामा पत्रकारिताको विकास प्रवासमा भएको ईतिहास पाईन्छ ।

Wednesday, February 10, 2010

नेपाली राजनीतिमा लिट्टेको प्रसङ्ग- विमल दाहाल

बेलाकुबेला आजकाल नेपालका प्रधानमन्त्री माधवकुमार नेपाल माओवादीहरूलाई श्रीलङ्काको लिट्टेको हालतमा पुर्याउने कुराको उद्घोष गर्दछन् । यसैगरी माओवादीहरू पनि उक्त भनाइलाई संवादको विषय बनाएर चर्चामा ल्याउँछन् । यहाँ त्यही विषयमा चर्चा गरिनेछ । बेलायती उपनिवेशकालमा दक्षिण भारतको तमिलनाडुबाट कृषि मजदुरको हैसियतले श्रीलङ्का पुगेका वा पुर्याइएका मानिसहरूको जमात नै लिट्टेको पृष्ठभूमि हो । यस अर्थमा श्रीलङ्काका तमिलहरूबीच एउटा समान साँस्कृतिक, भौगोलिक, ऐतिहासिक एवम् राजनीतिक चरित्र विद्यमान थियो, जुन बहुसङ्ख्यक सिंहाली बुद्धमार्गी र अल्पसङ्ख्यक मुस्लिमभन्दा पृथक थियो ।

Thursday, February 4, 2010

'कि सास देऊ कि लास'

-संगीता लामा-
'कि सास देऊ कि लास।' दशवर्षे माओवादी जनयुद्धकाबेला राज्य र माओबादी बिद्रोहीद्वारा बेपत्ता पारिएका करिव १४०० नेपाली नागरिकका परिवारको माग हो यो। ती बेपत्ता नागरिकहरु अझै पनि कुनै ब्यारेक, थाना वा गोप्य कैदखानामा जिवितै तडपिरहेका छन वा उनीहरुको हत्या भइसक्यो, उनीहरुका परिवार जान्न चाहन्छन्। तर, खोलो तर्‍यो लौरो बिर्स्यो भने झैँ राज्य, माओबादी र अन्य राजनीतिक दलहरुले संविधानसभाको चुनावमार्फत नयाँ सत्ता प्राप्त गरेपछि बेपत्ता नागरिकलाई विर्सँदै गएका छन्।