Wednesday, June 30, 2010

कुखुरा निकासी गर्न माग

दमक÷ कुखुरा निकासी खुल्ला नगरेको भन्दै झापाका कुखुरा व्यावसायी आक्रेसित भएकाछन् ।
उनिहरुले निकासी खुल्ला नभए कडा आन्दोलन उत्रने चेतावानी दमकका कुखुरा व्यावसायीहरुले दिएकाछन् । पत्रकार सम्मेलन गरि यस्तो चेतावानी दिएका हुन् । उनिहरुले आफ्ना माग तत्काल पुरा नभए आन्दोलनका लागी लोकल कुखुरा ब्याबसायि संघ दमकले सङ्घर्ष गर्ने संघका सचिब राजेन्द्र श्रेष्ठले बताए । गत बर्षको माघ देखि भेटेरिनरी प्रमाण पत्र नदिईएकाले झापामा उत्पादित कुखुरा अन्य जिल्लामा निकासी हुन जिल्ला प्रसासनले रोकेको सचिव राजेन्द्र श्रेष्ठले बताउनुभयो । त्यसैगरी झापाबाट निकासी हुँदैन भने झापामापनि कुखुरा र यसका अण्डा चल्लाहरु कुनैपनि आयातमा संघले रोक लगाईने बताएका छन् ।

च्च शिक्षामा जोड

नगेन्द्र राई
१६असारदमक, सिटिईधिटीद्वारा सम्बन्धन प्राप्त स्वास्थ्य क्षेत्रको प्राबिधिक कक्षाहरु सिएमए र एएनएम कक्षा पास गर्ने बिद्यार्थीहरुले उच्च शिक्षा पढ्न पाउनुपर्ने प्राबधान बनाउनुपर्ने दमकमा आयोजित एक अन्तकृ्रयाका सहभागिहरुले बताएका छन् ।
बुधबार आयोजित सिटिईभिटी समस्या र सम्भावना बिषयक अन्तकृ्रया कार्यक्रमका सहभागिहरुले सिएमए र एएनएम पास गर्ने विद्यार्थीहरुले चाहेमा स्नातक तह साथै एचए र एमबिबिएस अध्यायन गर्नपाउने कोटाको ब्यावस्था नेपाल सरकार र सिटिईभिटीले मिलाउनुपर्ने बताए ।

Monday, June 28, 2010

एक कदम फड्को मार्दैछु

विगत ५ वर्षको पि्रु व्लगिङ प्रस्ता केही पे का साथ आज म अयाँ यात्रामा अगाडी बढीरहेको छु । गएको वर्ष अगाडी स्व। दाई काचन लिम्बूको प्रेरणमा मैले ब्लगिङ सुरु गरेको थिए । लागतार ५ वर्षको यात्रामा धेरै आरोह अवरोहरु पार गर्न सफल भएको छु । निक्कै उत्साह र उमंगका साथ व्लगिङ सुरु गरेको म व्लगिङको दौरानमा कहिले पनि हैरान मानिन जहाँ निरन्तर त्यहा सफलता भन्ने कुराई सिरोधर गर्दै निरन्तर व्लगिङ गरिरहे त्यही निरन्तरताको क्रमले आज धधध।यिवषषब।अयु सम्म पुग्न सफल भएको छ ।

Monday, June 21, 2010

आदिवासी चलचित्र महोत्सव


काठमाडौ, अषाढ ७ ।'ज्ञान हस्तान्तरण' को मूल भावनामा नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव राजधानीमा चौथो पटक हुने भएको छ । इन्डिजिनियस फिल्म अर्काइभ (आइफा) ले आयोजना गर्न लागेको उक्त महोत्सवमा छनोट भएका फिल्मलाई देशका १२ प्रमुख सहरमा पनि प्रदर्शनमा लगिने भएको छ ।
महोत्सवमा विदेशी १९ र स्वदेशी १४ गरी ३३ वटा फिल्म, डकुमेन्ट्री, छोटो फिल्म र म्युजिक भिडियो प्रदर्शन हुनेछन् । असार ११ देखि १३ सम्म राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा जारी रहने प्रदर्शनमा भारत, भुटान, मेक्सिको, जर्मनी, अस्ट्रेलिया, क्यानडा, अर्जेन्टिना, अमेरिका, स्विडेन, नर्वे र क्याम्बोडियाका फिल्म प्रतिस्पर्धामा छन् । यीसहित मातृभाषामा मगर, तामाङ, नेवार, गुरुङ, राई, लिम्बू, सुनुवार, धिमाल, सौका र बान्तवाका स्वदेशी फिल्महरू पनि प्रतिस्पर्धामा हुनेछन् ।

Wednesday, June 16, 2010

व्यवसायीलाई नीति निर्माण तहमा लानुपर्छः बलराम आचार्य

पूर्वााचलको हरित नगरी इटहरी अहिले व्यापारिक दृष्टिले चर्चाको शीखरमा छ । त्यसमा पनि यहाँ रहेको गोरखा डिर्पाटमेण्ट स्टोरको नाम नसुन्ने प्रायः कमै होलान् । यस डिर्पाटमेण्ट स्टोरमा सर्वसाधारणदेखि उच्च सरकारी अधिकारीलगायत सीमावर्ती भारतीय जिल्लाबाट समेत किनमेलाका लागि आउने गर्दछन् । यस डिर्पाटमेण्टले ११ वर्ष पूरा गरी आज असार २ गते १२ औं वार्षिक उत्सव मनाएको छ । यसै सन्दर्भमा गोरखाका संचालक बलराम आचार्यसँग गरिएको कुराकानीः-  
अहिले इटहरीको व्यापार व्यावसाय कस्तो चलिरहेको छ  ?
इटहरी बजारको मात्र होइन समग्र देशको व्यापार व्यावसायहरु देशको राजनीतिक स्थिरताका कारण बिग्रदो अवस्थामा छ । व्यावसायीहरु स्वतन्त्रतापूर्वक आफ्नो व्यावसाय साचालन गर्न पाइरहेका छैनन् । सरकारले व्यापार व्यावसायको प्रवद्र्धका लागि कुनै पनि प्रकारका कदम नचालेको कारण दिन-दिनै व्यापारिक क्षेत्र धरासय बन्दै गएको छ ।