Saturday, October 10, 2009

पोखराको कोशेली डाँडाघरे वाईन

भोली कसले देखेको छ र आजैवाट सोंच्नु बेकार छ ।मरिलानु के नै छ र पैसा पैसा भन्दै दौडनु व्यर्थ छ ।देशको लागि केहि गरौं, जुन ठाउँमा जन्मियौं, हुर्कियौं र ।पर्खनु पर्दैन डांडाघरेलाई अब जति पर्खनु पर्ने पर्खियौं ।
यति वेला पोखराको पहिलो वाईन तपाई हामी सबैको माँझमा आईसकेको छ । नेपालकै पहिलो ट्रेकिङ एजेन्सी मानिने "माउन्टेन ट्राभाल" वेलायती दुतावासका कर्णेल जेम्स रोबर्टले स्थापना गरेको हो जसमा झलक थापाले प्लानिङ अफिसरको रुपमा काम गर्न थाले । नेपालकै विभिन्न पर्यटकिय सम्भावना भएको ठाउँहरुमा वहाँ नपुगेको कमै ठाउँ होला । लाङटाङ, अन्नपूर्ण क्षेत्र, रसुवाको गत्लाङ, जोमसोमदेखि लोमान्थाङ सम्मको खाका पनि उनैको हो । लम्जुङ्ग हिमालदेखि बाग्लुङ्गको ढोरपाटनसम्मको पदमार्गमा पर्यटक पुर्‍याउने पनि वहाँनै हो । सन् १९८० मा उनले हिमालयन होराइजन एण्ड ट्रेकिङ एजेन्सी खोले । पदयात्रमा जानेहरुको लागि सञ्चारका लागि परेवालाई तालिम दिएर हुलाकी समेत बनाए । पदयात्रीहरु पोखरावाट परेवा लिएर जान्थे । हिमालमा पुगेपछि परेवाका खुट्टामा बाँधिएको पाइपभित्र सानो कागजको टुक्रा राखेर खबर पठाउँथे । परेवा उडेर थापाकहाँ आईपुग्थे यसरी पोखराको सेरोफेरोमा यस्तो रमाईलो प्रयोग पनि उनले गरेका थिए ।झलक थापाले डाँडाघरे वाईनका लागी कानुनी मान्यताको खोजीमा बर्षौ लड्दै गर्दा अहिले बल्ल सुखद अवतरण भएको छ । यहि देशको नागरिकले आफ्नो श्रम सिप र लगानिको माध्यमवाट यो राज्यमा केहि गर्छु भन्दा पाएको बर्षौको कष्ट एउटा जिवन्त अभिलेखनै बन्यो । कति चिनिएका कति नचिनिएका आत्मिय आफन्तहरुको न्यानो मायाको स्पर्श अनुभुत गर्ने सु अवसर पनि मिल्यो । यो संघर्षको यात्रामा हामीलाई साथ दिने संचार जगत, राष्ट्रसेवक र हाम्रा सुभेच्छुकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछन् झलक थापा ।
"सुन्दर पोखराको कोसेली सुन्दर मन भएकाहरुलाई"
अब यति वेला डांडाघरे वाइनले बजारमा प्रवेश गरिसकेको छ । डांडघरे वाइन नेपाली कच्चा पदार्थमा आधारित नेपाली श्रम र सिपले सिंचित वाइन हो । यो पूर्णतः रसायनमुक्त, नेपाली स्वाद र सुवास युक्त रहेको छ । यो वाईनमा मह, फलफुल र जडिवुटिको भरपुर समिश्रण रहेको छ ।
तगारो, आँगन, पिंडि, मझेरी, मझेरी माईली, आँटी, र आँटी ठुली मध्ये हाललाई तगारो, आँगन, पिंढी, मझेरी र आँटी मात्र बजारमा उपलब्ध छ । अन्य वाइनहरु आवश्यक प्रकृया पछि बजारमा ल्याउने लक्ष्य रहेको छ । आंगन रु.३६० प्रति वोतल, पिंढी रु.३६० प्रति वोतल, मझेरी रु.४१५ प्रति वोतल, आंटी रु.५०० प्रति वोतल मुल्य रहेका छन्।"जब जब तपाई डांडघरे वाइन सम्झनु हुन्छ, असल साथी खोजी दिनुस्, असल वातावरण बनाई दिनुस्, असल विषय रोजि दिनुस् । एक पटक आँफैलाई हेर्नुस् । तपाईको मन दरिलो छ - भरिलो छ - रसिलो छ - अनि मलिलो छ - अब तपाईले पिउने हरेक घुड्कीले सुन्दर नेपाल अनि सुन्दर पोखरा देख्दछ वहाँको मुख्य ध्येय भनेको नेपलीहरुलाई जड्यहा बनाउनु होइन, जड्याहवाट मुक्त गर्नु हो । वाईनमा एउटा ट्याग पनि रहने छ । जसमा " यो सुन्दर, अति सुन्दर प्यारो पोखरा, संधैलाई सबैलाई भईदियोस्, पुगि रहोस् " लेखिएको छ । मनको भकारीले भरि भराउ झलक थापा साह्रै भावनात्मक हुनुहुन्छ । हरेक नेपालीको, प्रत्येक नेपालीको दुःख आँफैंसँग साट्न चाहने वहाँ छिन् छिन्मा भावनामा निक्कै डुबुल्कि मारि रहनु हुन्छ ।

भुपाल गुरुङ



No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।