नगेन्द्र राई
२६ चैत्र दमक । बिबिसीका झापा स्थित पत्राकार उमाकान्त खनालको सामान चोर्ने चारजाना व्याक्तिहरुलाई पक्राउगरी विर्तामोडका प्रहरीले विहिवार सार्वजानिक गरेका छन् । पक्रउ पर्नेहरुमा भारत जलपाईगुढी घर भएका िरंकु ग्वाला अनुप ग्वाला रविन्द्र ग्वाला र सत्यपाल बन्जारालाई सार्वजनिक गरेको हो ।
बिहिवार सार्वजानिक गरिएकोमा विभिन्न समयमा विभिन्न ठाउँहरुमा उनिहरुले लुटपाट र चोरी गरेका नगद ४ लाख ७२ हजार ५ सय रुपयाँ त्यसैगरी तीनदिन अघि विर्तामोडका पत्रकार खनालको डिजिटल क्यमेरा रेकर्डर पेनड्रईभ सहित चोरहरुलाई सार्वजानिक गरिएको थियो । दमक स्थित इलाका प्रहरीले चेकजाँचको क्रममा बुधवार पक्राउगरेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय झपाका प्रहरी उपरिक्षक रविन्द्र शर्माले विर्तामोड स्थित ईलाका प्रहरी कार्यालय वाट पत्रकार मार्फत सार्वजानिक गरेका हुन् ।
सार्वजानिक भएका चोरहरुले झापा र आसपासका ठाउँहरुमा समेत भएका विभिन्न लुटपाट घट्नाहरुमा आफुहरुको संलग्नता रहेको स्विकारेको प्रहरीले जनाएका छन् । उनिहरुलाई डाँका तथा लुट्पाट ऐन अन्तर्गत मुद्धा चलाईने ईप्रका विर्तामोडका मुद्धाका हवल्दार नवराज थापाले वताएकाछन् ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।