Thursday, May 13, 2010

माईखोला साना जलविद्युत सुरुङ निर्माण सकियो

बुद्धवीर राई
इलाम ३० वैशाख  । बिगत केही वर्ष यता सुरु गरिएको इलाम माईखोला साना जलविद्युत योजनाको सुरुङ्ग निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको ७ सय ४३ मिटर सुरुङ निर्माण कार्य सम्पन्न भएपछि निर्माण थालिएको २२ महिनामा नै विद्युत उत्पादन थालिने आयोजनाको दावी छ ।
सुरुङ निर्माणको जटिल काम सकिएकाले असारसम्ममा विद्युत उत्पादन थालिने आयोजनाले जनाएको छ । ४।५ मेघावाट क्षमताको आयोजना निर्माण सकिएपछि जिल्लामा विद्युत अनियमितताको समस्या हट्ने अपेक्षा गरिएको छ ।
निर्माण सुरु भएको २० महिनामा सुरुङ निर्माणको काम सकिएको हो । हिमाल दोलखा हाइड्रो प्रलिले आयोजना निर्माण थालेको हो । कम्पनीका अध्यक्ष विरेन्द्र न्यौपानेले प्रतिमेघावाट १० करोड लागतमा निर्माण सकिने लक्ष्य लिएकोमा प्रतिमेघावाट तीन करोड थप खर्च भएको जानकारी दिनुभयो ।
आयोजनाको हेड ट्याङ्क पावरहाउस पेनस्टक जडान् मेसिन जडानलगायतका काम सकिएका छन् । ट्रान्समिसन लाइनका लागि पोलिङ र वायरिङको काम पनि सकिएको आयोजनाले जनाएको छ । आयोजनाको जटिल र प्रमुख काम सकिएकाले असार मसान्तसम्ममा उत्पादन सुरु गर्ने जानकारी न्यौपानेले दिनुभयो ।
आयोजनाले स्थानीय गोदक गाविसलाई १० लाख रुपैयु दिएको छ । हेडइन्टेक क्षेत्रमा ठूलो पोखरी बनाएर नौका विहारको व्यवस्थासमेत गरिने आयोजनाले जनाएको छ । आयोजनामा ७ सय ४३ मिटरको सूरुङ मार्गबाट ल्याइएको पानी ५२ मिटर लामो पेनस्टक पाइपमार्फत पावर हाउसमा पुर् याएर विद्युत उत्पादन गरिने छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।