Friday, June 11, 2010

विपीका कर्मचारीहरु आन्दोलनमा

धरान २८ जेठ। सेवा सुविधा बृद्धि नभएको भन्दै सुनसरीको धरान स्थित वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन् । आपुना मागहरुको सुनुवाई नभएको भन्दै कर्मचारीहरुले असार १ गतेदेखि आन्दोलनमा उत्रने घोषणा गरेका हुन् । कर्मचारीहरुले उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्ने र सोही दिनदेखि असार ७ गते हातमा कालोपट्टी बाधेर काम गर्ने घोषणा गरेका छन् । यस्तै असार ८ गते शिक्षाध्यक्ष रजिष्टार र अस्पताल निर्देशकको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्ने कर्मचारीले बताएका छन् । एक हप्ताको समयमा समेत माग पूरा नभएमा ९ गते संयुक्त छलफल गरी दोस्रो चरणको आन्दोलनको घोषणा गरिने उनीहरुले शुक्रबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ । प्रतिष्ठानमा कार्यरत संस्था कर्मचारी कल्याण माच नसर्िङ्ग वेलफेयर कमिटी र स्वास्थ्य प्राविधिक कल्याण समितिको शुक्रबार भएको संयुक्त छलफलले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
विज्ञप्तीमा माचका अध्यक्ष दिनेशराज दाहाल र सचिव सुजेन्द्र तामाङ वेलफेयर कमिटीबाट अध्यक्ष श्याम लम्साल र सचिव इजरायल साह एवं कल्याण समितिका अध्यक्ष मदन हलुवाई सचिव उदयशंकर िसंह र हिप्टाका अध्यक्ष डा।माधव लम्सालले हस्ताक्षर गरेका छन् ।
सरकारले चालू आर्थिक बर्ष ०६६÷०६७ मा वृद्धि गरिएको तलबभत्ता जेष्ठ मसान्तभित्र उपलब्ध गराउनुपर्ने प्रतिष्ठानको विद्युत चुहावट आर्थिक चुहावट र अनियमित हुन नदिनका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने शैक्षिक कार्यक्रममा कर्मचारीहरुको विशेष कोटाको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् । आपुना मागका बारेमा व्यवस्थपन पक्षलाई पटक-पटक जानकारी गराउँदा समेत चासो नदिएकोले बाध्य भएर आन्दोलनमा उत्रनु परेको कर्मचारी कल्याण माचका सचिव सुजेन्द्र तामाङले बताउनु भयो । उनीहरुले गत जेठ ४ गते व्यवस्थापन समक्ष आपुना माग पेश गरेका थिए ।

1 comment:

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
    OK

    ReplyDelete

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।