Saturday, June 12, 2010

डिपिआर रोक्न यायोक्खाको माग

धरान २९ जेठ । किरात राई यायोक्खाले सप्तकोशीे उच्च बाँधको डिपिआर तयारी कार्य तत्काल रोक्न माग गरेको छ । शनिबार सुनसरीको धरानमा यायोक्खा सुनसरीले आयोजना गरेको साकेला उभौलीको समापन कार्यक्रममा वक्ताहरुले नेपालको हित विपरित रहेको भन्दै उच्च बाँध निर्माणको कार्य तत्काल रोक्न माग गरेको हुन् ।
कार्यक्रममा यायोक्खाका केन्द्रीय उपाध्यक्ष राजबहादुर राईले सप्तकोशी उच्च बाँध निर्माण कार्य आईएलओ १६९ विपरित रहेको भन्दै स्थानीय आदिवासी जनजातिहरुसँग छलफल नै नगरी काम गर्न नपाईने बताउनु भयो । उच्च बाँध नेपाल र नेपालीको हितमा नरहेको भन्दै उहाँले भारत सरकारले स्थानीय जनताको भावनालाई समेट्न नसकी काम सुरु गर्नु हेपाहा प्रबृति हो भन्नुभयो ।
उच्च बाँधको काम तत्काल नरोके त्यसमा अवरोध गर्न यायोक्खा सडकमा उत्रने चेतावनी उपाध्यक्ष राईले दिनुभयो । कार्यक्रममा यायोक्खाका सुनसरी अध्यक्ष सदर राईले विभिन्न राजनैतिक दल तथा विभिन्न संगठनहरुले ध्यानाकर्षण गराउँदा पनि सरकारले बेवास्ता गरेको भन्दै अब यायोख्खाले आयोजनास्थलमा संगठनको झण्डा गाड्ने बताउनु भयो ।
आदिवासी जनजाती महासँघ समन्वय समिती सुनसरीका अध्यक्ष सुजेन्द्र तामाङ्गले उच्च बाँधका सन्दर्भमा यायोक्खाले चाल्ने सवै खालका कदममा परिषदले साथ दिने बताउनु भयो ।
यसैबीच बैशाख पुर्णिमादेखि सुरु किरात राईहरुको महान् चाड साकेला शनिबार सम्पन्न भएको छ । अन्तिम दिन धरान १७ स्थित सप्तरङ्गी पार्कमा प्रतियोगितात्मक साकेला सिली समेत आयोजना गरियो । यायोक्खा सुनसरीले प्रत्येक वर्ष उभौलीको अवसरमा प्रतियोगीता आयोजना गर्दै आएको छ ।
किरात राईहरुमा आफ्नो परम्परा र संस्कृतिप्रति रुची र आस्था जागोस भन्ने मनशायले प्रतियोगिता आयोजना गरिएको यायोक्खाका सुनसरी अध्यक्ष सदर राईले बताउनु भयो ।

1 comment:

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
    OK

    ReplyDelete

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।