Sunday, June 13, 2010

उच्चबाँधको काम बन्द गर्न माग

धनकुटा ३० जेठ  । सप्तकोशी उच्चबाँध निर्माण भएमा पूर्वका ९ वटा पहाडी जिल्लामा मानवीय भौगोलिक र वातावरणीय समस्या उत्पन्न हुने भन्दै विभिन्न संघ संस्थाले निर्माण कार्य रोक्न माग गरेका छन् । उच्च बाँध निर्माण कार्य जनभावना विपरित भएको आवाज उठिरहेको बेला सरकारले उच्चबाँधको विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयारीको काम सुरु गरेको भन्दै उनीहरुले कडा विरोध जनाएका छन् । सप्तकोसी उच्च बाँध सरोकार साजाल किरात राई यायोख्खा लगायत संघसस्थाले डिपिआर र उच्चबाँध निर्माण कार्यको विरोध जनाएका हुन् । 
साजालका केन्द्रीय अध्यक्ष बलबहादुर राईलॆ विगतमा भारतसंँग भएको सन्धीसम्झौतामा नेपालले गुमाएको पानीमाथिको अधिकार कोशी उच्चबाँधमा पनि मुख्य सरोकारको विषय बनेको बताउनु भयो ।
सुनसरीको बराहाक्षेत्रभन्दा करिब डेढ किलोमिटर उत्तर रहेको सुनाखम्बी क्षेत्रमा भारत सरकारको अनुदानमा बाँंध निर्माण गर्ने सम्झौता अनुसार अहिले डिपिआर तयारीको काम भइरहेको छ । सो स्थानमा २ सय ६९ मिटर अग्लो बाँंध निमार्ण गरी १ सय ९० वर्ग किलोमिटर जलासय बनाएर विद्युत उत्पादन गर्ने योजना रहेको छ ।
उच्च बाँध निर्माण भएमा समुद्र सतहभन्दा ३ सय ३८ मिटर उचाइमा पानीको तह पुग्ने भएकाले त्यसको असर व्यापक रुपमा पर्ने बिज्ञहरुको भनाई छ । उच्च बाँधले पुर्वका ९ जिल्लाका ८२ गाउँ विकास समितिका लाखौं सर्वसाधारणलाई विस्थापित गर्ने भन्दै त्यसको विरोध हुँदै आएको छ ।

1 comment:

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
    OK

    ReplyDelete

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।