Friday, June 11, 2010

राष्ट्रिय तेक्वान्दो प्रतियोगिता विराटनगरमा

विराटनगर २८ जेठ÷ इण्टरनेशनल तेक्वान्दो फेडेरेसन पूर्वााचल संघको आयोजनामा विराटनगरमा दुई दिने राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । तेक्वान्दोका फेडरेशनका संस्थापक जनरल चोइको छैठो स्मृति दिवसका अवसरमा जेठ ३१ र असार १ गते दुई दिन उक्त प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगितामा ५ विकास क्षेत्र र विभागीय टिम गरी १ सय २० खेलाडीको सहभागिता हुने आयोजकले जानकारी दिएको छ ।
आयोजक आईटिएफले शुक्रबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा आयोजक कमिटिका संयोजक प्रविणकुमार कार्कीले प्रतियोगितामा पुरुषतर्फका ५ स्पर्धा महिलातर्फ ४ स्पर्धा र स्पेसल टेक्निक टिम सेल्फ डिफेन्स पावर ब्रेकिङ टिम स्पारिङ टिम पार्टन र इन्डिभिजुएल पार्टन स्पर्धा पनि समावेश गरिएको जानकारी दिनुभयो ।
प्रतियोगिता साचालन गर्न १० लाख रुपैंयाँ खर्च लाग्ने अनुमान गरेको आयोजकले जनाएको छ । चाईको स्मृतिमा यस अघिका ५ वटा राष्ट्रिय प्रतियोगीताहरु उपत्यका र पहाडी जिल्लाहरुमा भएको बताइएको छ ।

1 comment:

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
    OK

    ReplyDelete

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।