नगेन्द्र राई
२७ जेष्ठदमक । आदिवासी जनाजातीलाई बजेट नदिने निस्कर्ष लिएको दमक नगरपालिकाले अन्ततः पन्ध्र प्रतिशत रकम आदिवा सीलाई छुट्याउने भएकोछ । बुधवार आदिवासी र दमक नगरका प्रतिनिधिहरुवीच सहमति अनुसार यस्तो निर्णय भएको हो । बार्तामा सहभागी किरात राई यायोक्खाका झापा जिल्ला अध्यक्ष सन्त कुमार बान्तावाले अहिले सरकारको तर्फबाट नगरपालिकालाई आउने १ करोढ ४७ लाख रुपैयाको १५ प्रतिशत आदिवासी जनजातिको शिर्षकमा छुट्याउन नगरपालिका सहमत भएको बताउनुभयो ।

नगरपालिकाको अन्य आर्थिक स्रोतको बिषयमा पनि छलफल गरेर  टुङ्गो लगाउने सहमति भएको ताजपुरिया समाज कल्याण परिषदका अध्यक्ष  नित्यानन्द ताजपुरियाले बताउनु भयो । आदिवासी जनजातीको तर्फबाट अध्यक्ष राई  सहित नित्यनन्द ताजपुरिया नेपाल आदिवासी जनजाति महासंघका दमक नगर समन्व  समितीका उपाध्यक्ष कल्पना तामाङ किरात याक्थु्म चुम्लुङका दमक नगर सचिव पदम  जवेगु लगायतको सहभागीता रहेको थियो भने नगरपालीकाको तर्फ बाट कार्यकारी  अधिकृत पशुपति खतिवडा र राजनैतीक दलका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
नगरपालिकाले आगामी बजेटमा आदिवासी जनजातीको नाममा दमक नगरपलिकाले नछुट्याउने भएपछि दमकका आदीवासी जनजातीहरु आन्दोलित भएका थिए । यसका लागि आदिवासीहरुले जेष्ठ २८ गते देखि अन्श्चितकालिन ताला बन्दी गर्ने घोषणानै गरेका थिए । आदिवासी र दमक नगरपालिकावीच आदिवासीलाई रकम उपलब्ध गराउने सहमति भएपछि आदिवासीको आन्दोलन स्थगन गरिएको चुम्लुङका पदम जबेगुले बताउनुभयो ।

 Posts
Posts
 
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।