Saturday, June 12, 2010

सरकारले चासो देखाएन

काँकाडभिट्टा २९ जेष्ठ । सरकार र दलहरुले द्धन्द व्यवस्थापनबारे चासो नदेखाएको वेपत्ता सार्वजानिक गर्ने कुरा भाषणमा मात्र सिमित रहेको एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् । उज्यालो ९० नेटर्वको आयोजना तथा स्थानीय मेची ट्युन्स एफएमको सह-आयोजनामा तत्कालीन नेकपा माओवादीद्वारा संचालित जनयुद्धपछि झापामा शान्ति स्थापनाको अवस्थाबारे विषयको सार्वजानिक सुनुवाई शनिबार झापाको धुलाबारीमा भएको कार्यक्रममा उनीहरुले राज्यले तुरुन्त वेपत्ताको स्थिति सार्वजनिक गर्न माग गरे । उज्यालोले सुरु गरेको शान्तिका लागि सद्भाव यात्राको क्रममा धुलाबारीमा स्थानीय राजनीतिक दल नागरिक समाज मानवअधिकारवादी राज्य र माओवादी पक्षबाट दन्द्ध पीडितका परिवार प्रशासन प्रमुख साचारकर्मी लगायतको उपस्थितिमा सहजीकरण उज्यालोका सूर्य न्यौपाने रोशन पुरी श्रीधर पौडेलले गर्नु भएको थियो ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण सप्तरंगी एफएम विर्ता एफएम मेची ट्युन्स एफएम काचानजंघा उज्यालोले गरेका थिए । द्धन्द पीडितका परिवारका तर्फबाट वेपत्ता परिवार समाजका केन्द्रीय सल्लाकार भिम वस्नेत राज्य पक्षबाट द्धन्द पीडित रत्न बहादुर घिमिरे एकीकृत नेकपा माओवादीका झापा सह-इाचार्ज राजु सभासद पुजा खनाल शान्ति समितिका नारायण कोइराला नेकपा एमाले झापा अध्यक्ष रविन कोइराला नेपाली कंाग्रेसका जिल्ला कोषध्यक्ष राम कट्टेल प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइराला पत्रकार चन्द्र भण्डारी राजु अधिकारी मानवअधिकारकर्मी मैयाँ प्रसाई लगायतले झापाका शान्तिको वर्तमान परिस्थितिबारे तथा द्धन्द पीडित परिवारप्रति सरकारले गरिरहेको गतिविधिको बारेमा आ-आफ्नो धारणा राख्नु भएको थियो ।
द्धन्दको बेला भएको पीडाहरुलाई न्युनिकरण गर्न स्थानीय तहबाट भएका प्रयासहरुबारे छलफल पनि सो अवसरमा गरिएको थियो । द्धन्द्वकालमा झापामा राज्यले एक हजार ६३ जना वेपत्ता बनाएको कार्याक्रमको अवसरमा जानकारी गराइएको थियो ।

1 comment:

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
    OK

    ReplyDelete

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।