प्रचण्ड
अध्यक्ष एकीकृत नेकपा (माओवादी)
माओवादीको जनप्रदर्शन र हड्ताल िहंसात्मक हुने प्रचार सरकारले अझै गरिरहेको छ नि ?

हाम्रो १८ गतेको प्रदर्शन र सुरु भएको आमहड्तालमा देशभरी जनतामा अभूतपूर्व उत्साह र उभार उत्पन्न भएको छ त्यसले अत्तालिएको सरकारले िहंसात्मक हुने प्रचार गरिरहेको छ । हामी फेरि पनि भनिरहेका छौंं यो आन्दोलन शान्तिपूर्ण तेस्रो जनआन्दोलनको रुपमा अगाडि बढ्ने छ । शान्ति प्रकृया र संविधान निर्माणमा उत्पन्न भएको गत्यावरोध तोड्न यो आन्दोलन सफल हुनेछ ।
आन्दोलनमा क्याण्टोनमेण्टबाट जनमुक्ति सेना र हतियार ल्याएको प्रचार भइरहेको संवन्धमा के भन्नुहुन्छ ?
यो विल्कुलै निराधार कुरा हो । पहिलो कुरा जनमुक्ति सेनाको हेर्डक्वाटरले प्रष्ट रुपमा भनेको छ- यो आन्दोलनमा नैतिक समर्थन भए पनि अनुशासित रुपले क्यान्टोन्मेन्टमा बस्छौं शान्ति सम्झौता विपरित कुनै गतिविधि हुनेछैन । र हाम्रो पार्टीले पनि त्यो भनेको छ । गत साता नारायणगढमा एक जना पीएलएसँग गि्रनेट र खुकुरी भेटिएको घटना हाम्रो पार्टी र जनमुक्ति सेनाको नीति विपरित छ । त्यसबारे छानविन गदैछौं । बाँकी प्रचारमा कुनै आधार छैन । सबै झूटा कुरा हुन् ।
सरकारले सेना परिचालन गर्ने मानसिकता बनाइसकेको बुि´न्छ । देशैभरीबाट धेरै संख्यामा सुरक्षार्कीलाई काठमाडौं केन्द्रीत गरेको छ । यसले मुठभेड सिर्जना हुँदैन ?
निश्चय नै सुरुदेखि नै देशलाई द्वन्द िहंसा र फेरि गृहयुद्धमा लैजाने सरकारको कसरत छ । गतवर्षदेखि यो देखिएको छ । हामीले चरणबद्ध शान्तिपूर्ण संघर्षको क्रममा त्यो भन्दै आएका छौं । दोस्रो कुरा सेना परिचालन गर्ने न अधिकार न हैसियत नै यो सरकारसँग छ । न त संविधानले त्यस्तो खालको अधिकार दिएको छ । विस्तृत शान्ति सम्´ाैता र अन्तरिम संविधानमा व्यवस्था भएअनुसार सेना परिचालन गर्ने कुरा हुनै सक्दैन । सेना परिचालन गर्ने कुरा आफैंमा शान्तिप्रक्रिया भंग गर्नु र देशलाई गृहयुद्धमा धकेल्नु हो । पक्कै पनि यो सरकार त्यो षड्यन्त्रमा छ । आपुनो नालायकी जनविरोधी राष्ट्रविरोधी चरित्रमा पर्दा हाल्नका निम्ति नियोजित रुपमा जनतालाई ुप्रोभोकु गर्ने र स्थितिलाई िहंसात्मक स्वरुप दिने षड्यन्त्रमा छ ।
तर हामीलाई के विश्वास छ भने नेपाली सेनालगायत सुरक्षाका सबै अंगहरु नेपाली जनताका विरुद्ध अन्तरिम संविधानको भावना र मर्मलाई तोडेर एउटा नालायक र जनविरोधी सरकारको निर्देशनमा अगाडि आउने छैनन् । उनीहरु संविधान जनता र राष्ट्रप्रति वफादार हुनेछन् ।
तीन पार्टीबीच सम´दारी पहल भइरहेको छ । कुरा कहाँ पुगेर अड्कियो ?
निश्चय नै हामी गम्भीर छलफलमा छौं । हामीले आन्दोलनकै बिचमा छलफल र वार्तालाई अगाडि बढाइरहेका छौं । छलफलबाट यदि हामीले मुख्य नाराको रुपमा अगाडि सारेको राष्ट्रिय संयुक्त सरकारको गठन शान्ति संविधान र राष्ट्रिय स्वाधीनताको सुनिश्चितता भयो भने एउटा ुब्रेकु हुन सक्छ । तर अहिले नै हामी आम जनतालाई सहमति हुनै लाग्यो भइसक्यो भनेर आश्वस्त पार्न सक्ने अवस्थामा छैनौं ।
प्रधानमन्त्रीले राजिनामा दिए आन्दोलन रोकिन्छ ?
त्योभन्दा पनि शान्ति र संविधानको सुनिश्चितता हुनुपर् यो । हामीले व्यवस्थापिकामा पनि भनेका थियौं-जसरी सरकारको नयाँ गठबन्धन प्रकृया अगाडि आयो यो संवैधानिक राजनीतिक नैतिक छैन । यो अपवित्र गठबन्धन हो । यसको उद्देश्य शान्तिप्रकृया र संविधान निर्माणलाई निश्कर्षमा नपुर् याई त्यसलाई भत्काउनु रहेको छ । एक वर्षयताको घटनाक्रमले त्यसलाई पुष्टि गरेको छ । हाम्रो मुद्दा शान्ति र संविधानको सुनिश्चितता हो । संयुक्त सरकारको माग कुसर्ीको लागि हो भनी प्रचार गर्नु गलत कुरा हो । शान्ति र संविधान निर्माण सुनिश्चित गर्न राष्ट्रिय संयुक्त सरकार अत्यावश्यक छ ।
माओवादीको नेतृत्वमा सरकार बनेमा तोकिएको समयमा संविधान बन्छ ?
माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्नु भनेको यथार्थमा त्यसले एउटा विश्वासको वातावरण बन्नु हो । त्यसबाट नेपाली जनताले पार्टीहरु गम्भीर भएका छन् हिजो भएका गल्ती सच्चाइएको छ भन्ने बुझ्नेछन् । त्यसकारण जेठ १४ भित्रै संविधान बनाउने बारेमा पनि छलफल हुन्छ । यदि प्राविधिक कारणले बन्ने स्थिति देखिएन भने राष्ट्रिय सरकार बनिसकेपछि पार्टीहरुको बीचमा एउटा सम´दारी गरी नेपाली जनताले विश्वास गर्ने अन्य विकल्पबारे सोच्न सकिन्छ ।
नेपालका इतिहासमा ठूल्ठूला आन्दोलन जहिले पनि सम्झौतामा टुंगिने गरेका छन् । यस पटक पनि इतिहास दोहोरिने त होइन ?
सम्झौता भन्ने वित्तिकै कस्तो सम्झैता भन्ने कुरा आउँछ । राजनीतिक शक्तिहरुको सन्तुलनले गर्दा सम्झौतामा जानुपर्ने स्थितिहरु पनि आउँछन् । जहिले पनि सम्झौताहीन संघर्ष भन्ने हुँदैन । इतिहासमा कैयौं त्यस्ता असाध्यै महत्वपूर्ण सम्झौताहरु भएका छन् जसले समाज र राजनीतिलाई अग्रगति दिएका छन् । तर कैयौं सम्झौताहरु यस्ता पनि छन् जसबाट देश र जनतालाई धोका र विश्वासघात भएका छन् । यदि अग्रगमन प्रगति र जनताको मुक्तिको निम्ति निश्चित कालखण्डमा निश्चित आन्दोलनबाट उपलब्धि संस्थागत गर्न सम्झौता गरिन्छ भने त्यो सम्झौता सकारात्मक हुन्छ र त्यसले नयाँ गति दिन्छ । यदि होइन आत्मसमर्पण गर्ने र आन्दोलनका उपलब्धि गुमाउने हुन्छ । प्रतिगमनतिर जाने हिसाबले सम्झौता गरियो भने त्यो गद्दारी र विश्वासघात हुन्छ । अहिले जनता र राष्ट्रको आवश्यकतालाई घात हुनेगरी कुनै सम्झैता गर्नेमा हामी छैनौं ।
दलहरुबीच सहमतिको सम्भावना कत्तिको छ ?
काँग्रेस र एमालेले जसरी संविधान निर्माण र शान्ति प्रकृयाको काम वेजास्ता गर्दै सरकारलाई जोडदार समर्थन छ भनेका छन् त्यसलाई हेर्दा सहमति भइहाल्छ भन्न सक्ने स्थिति छैन । हामी गम्भीर ढंगले एउटा निश्कर्ष निस्कियोस् भन्नेमा त छौं तर सरकारवादी पार्टीहरुको रवैया निस्कर्ष निकाल्नेतिर भन्दा जनतालाई भ्रम दिने र मुठभेडै निम्त्याउनेतिर बढी केन्द्रीत देखिएको छ । उनीहरु आन्दोलनमा दमन गर्ने कुरामा केन्द्रीत भएर विभिन्न प्रचारबाजीहरु गरिरहेका छन् ।
त्यसो भए अब वार्ता छाडेर तपाईहरु आन्दोलन चर्काउने तयारीमा हो ?
हामीले यो तेस्रो जनआन्दोलनको घोषणा गर्दा नै भनेका छौं आन्दोलनको बीचमा पनि छलफल जारी राख्छौं । हिजो जनयुद्धमा हुँदा त वार्ता संवाद गरिराख्थ्यौं भने अहिले त हामी यहाँ छौं शान्तिपूर्ण जनआन्दोलन हो । संविधानसभाको सबभन्दा ठूलो पार्टीको नाता र हैसियतले संवाद सहकार्य र सहमति बनाउने हाम्रो प्रयास निरन्तर जारी रहने छ । तर यो जनताबाट पूरै तिरस्कृत बहिस्कृत नालायक भ्रष्ट र राष्ट्रघातीहरुको सरकारले माओवादीलाई घुँडा टेकाउँछु भन्ने ठान्यो भने उसको त्यो दुस्वप्न कहिल्यै पूरा हुनेछैन ।
प्रधानमन्त्रीले प्रचण्डको विकल्प खोजिए राजिनामाका लागि तयार छुं भनेका छन् । यसबारेमा यहाँको धारणा के छ ?
यो बडो हाँस्यास्पद र लाजमर्दो कुरा हो । प्रधानमन्त्रीको कुसर्ीमा बसेको मान्छेले म हुन्न भने त्यो पनि हुन्न भन्नुले आफैंमा माधव नेपालको हैसियत र खुट्टी कत्रो छ भन्ने आम जनताले बुझिकेका छन् । दोस्रो कुरा को प्रधानमन्त्री हुने को नहुने भन्ने कुरा बहुदलीय व्यवस्थामा पार्टीले निर्णय गर्ने कुरा हो । कुनै राजा महाराजाले घोषणा गरेको जस्तो होइन । माधब नेपाल हिजो राजाले प्रमको टेण्डर आव्हान गर्दा टेण्डर हाल्न जानेमध्येका भएको हुनाले त्यही देखासिकी गरेका होलान् । उनले आफूलाई छोटे राजा सोचेका होलान् । तर नेपालमा राजतन्त्रको अन्त्य भइसकेको छ र पार्टी सिस्टम छ भन्ने कुरा उनले बुझ्नु आवश्यक छ ।
भारतीय प्रधानमन्त्रीसँग भेटेपछि माधव नेपाल आन्दोलन विरद्ध र सहमति भाड्न लागिपरहेको आरोप लगाउनु भयो यस्तै हो ?
थिम्पुबाट आएपछि माधव नेपालको स्वर चर्केको देखिएकै छ । उहाँहरुबीच कस्तो कुरा भयो त्यो हामीलाई थाहा हुने कुरा भएन । तर उहाँ ुउचालेको कुकुरु जस्तो भएर आएको देखिन्छ । उहाँलाई कसैकसैले त नै होस् तँलाई नै छ हाम्रो समर्थन भनिदिएको छ रे । उहाँलाई प्रधानमन्त्री बनाएको नेपाली जनताले होइन । उहाँ चुनाव जितेको पनि पर्नुभएन । उहाँ ुरिमोर्ट कन्ट्रोलु बाट चल्ने पर्नुभयो । कतैबाट अलिकति हावा भदिर्एपछि उहाँ फुरुङ्ग पर्दै आएको हो कि जस्तो लागेको छ । तर भारतको त्यही नै नीति भइसक्यो वा सकेन भन्ने चाहिँ एकिन छैन । यदि भारतको कुनै यो वा त्यो पक्षको समर्थन पाएकै कारणले नेपाली जनतालाई दबाउन सक्छु माओवादीलाई तह लगाउन सक्छु भन्ने माधव नेपालले ठानेका हुन् भने त्योभन्दा ठूलो मुर्खता र दुस्साहस उनको केही पनि हुने छैन । दुनियाँको कसैले पनि नेपाली जनता र राष्ट्रको स्वाधीनता एवम् सार्वभौम अधिकारलाई लल्कार्छ भने हामी जस्तोसुकै मूल्य चुकाएर पनि नेपाल र नेपाली जनताको शीर ठाडो पार्न प्रतिबछ छौं ।
छिमेकी र कुटनीतिक समुदायले तपाईहरुकेा आन्दोलनलाई चै कसरी हेरिरहेका छन् ?
हामीले सबैसँग भेटघाट छलफल र संवाद अगाडि बढाएका छौं । युरोपियन युनियन राष्ट्रसंघ चीन भारत सबैका प्रतिनिधिहरु नेपालको अहिलको परिस्थितिप्रति आ-आपुनै ढंगले चिन्तित छन् । र उनीहरुले यतै हेरिराखेका पनि छन् । अमेरिकी राजदूतसँग मात्रै मेरो दुईपटक भेटघाट भयो । फोनमा पनि कुराकानी भइरहेको छ । कुटनीतिक समुदाय आन्दोलन शान्तिपूर्ण होस् अरु घुसपैठ भएर मुठभेडतिर जान नपाओस् भनेर सतर्क छन् र उनीहरु पार्टीहरुको बीचमा सहमति र सहकार्य होस् भन्नेमा चिन्तित देखिन्छन् ।
भारतीय राजदुतसँग पनि लगातारजस्तै कुराकानी भइराखेको छ । हाम्रो छिमेकी खुला सीमाना ऐतिहासिक र आर्थिक सम्बन्ध सबै कारणले यतिबेला भारतले हामीसितको सम्बन्धमा नयाँ आयाम दिनुपर्छ । नयाँ आधारमा एकता गर्नुपर्छ पुरानो आधारबाट हुँदैन भन्ने कुरा नै हामीले गरिराखेका छौं । हामीलाई भारत र भारतीय जनता विरोधी जस्तो गरेर प्रचार गर्न जो खोजेका छन् त्यो ´ुटो कुरा हो । भारत र नेपालको बीचमा राम्रो सम्बन्ध बनोस् भन्ने नै हामीले चाहेको हो । पुराना असमान सन्धिसझौता खारेज गरेर सिमानाका समस्या र व्यापार असन्तुलनका समस्या हल गरेर दुई देशको सम्बन्ध कमजोर हुँदैन बरु बलियो हुन्छ भन्ने हाम्रो तात्पर्य हो ।
सरकारले आन्दोलन दबाउने धम्की दिइरहेको छ यस्तो अवस्था आए के गर्नुहुन्छ ?
नेपाली सेना जसले अहिलेको गणतन्त्रसम्मको सबै परिवर्तनलाई आत्मसाथ गरेर बसिसकेको छ । शान्ति प्रकृया र विस्तृत शान्ति सम्झौताअनुसार व्यारेकमा बसिराखेको छ । अहिलेको सरकार नालायक भ्रष्ट जनघाती राष्ट्रघाती छ भन्ने नेपाली सेनाका अधिकृत र जवानलगायत सबै राष्ट्रसेवकहरुलाई थाहा छ । यस्तो सरकारले आपुनो कुसर्ी जोगाउन आदेश गरेकै भरमा नेपाली सेना परिचालित हुन्छ र शान्ति प्रकृया भंग गरेर जनतालाई दमन गर्न आउँछ भन्ने पटक्कै हामीलाई लाग्दैन । दोस्रो कुरा जहाँसम्म प्रहरीको कुरा छ उहाँहरुसँग विभिन्न रुपमा कुराकानी पार्टीले गरिराखेको छ । उहाँहरुलाई एउटा बाध्यता र एउटा धर्मसंकट त अवश्यै छ । तर धेरैलाई यो सरकार छिटोभन्दा छिटो जाओस् भन्ने लागेको छ । भित्री मनले प्रहरीहरु पनि छिटो भन्दा छिटो यो आन्दोलन सफल होस् भन्ने चाहन्छन् ।
चिनको सङ्घाईमा सुरु भएको एक्स्पोमा विश्वका उत्कृष्ट व्यक्तिहरुको सूचीमा तपाईलाई निमन्त्रण आएको छ । एक्स्पोमा भाग लिन जाने सम्भावना कत्तिको छ यतिबेला ?
अहिलेको परिस्थितिले गर्दा एउटा उपयुक्त समय मिलाएर जानुपर्ने हुन्छ र जान्छौं । तर अहिले देशको स्थिति निकै ुकि्रटिकलु छ । यहीँ ध्यान केदि्रत गर्नुछ । यहीँको समस्या समाधान गर्न ध्यान दिनुछ ।
संघाई एक्पोको कुरा म र मेरो पार्टीलाई दिएको सम्मानभन्दा पनि नेपाल राष्ट्र र नेपाली जनतालाई विश्वभरीका जनताले दिएको सम्मान हो । चीनको मात्रै पनि होइन सङ्घाई एक्स्पो धेरै देशहरु मिलेर हुन्छ । त्यो विभिन्न देशमा हुने गर्छ ।
अन्त्यमा कार्यकर्ता शुभचिन्तक आम जनसमुदायलाई भन्न केही बाँकी कुरा छन् ?
हामी कुनै पनि प्रतिकृयावादी प्रतिक्रान्तिकारी राष्ट्रिय आत्मसमर्पणवादी गद्धारहरुका अगाडि झुक्ने छैनौं । हामी अर्कै धातुले बनेका मानिसहरु हौं । त्यसकारण हामी दृढतापूर्वक अगाडि बढ्ने छौं । जबसम्म राष्ट्रको शीर ठाडो स्वाधीन र स्वतन्त्र हुँदैन र नेपाली जनताले चाहेजस्तो शान्ति नेपाली जनताले चाहेजस्तो संविधान बन्ने कुरा सुनिश्चित हुँदैन तबसम्म हामी नेपाल राष्ट्र र जनताको पक्षमा लडिराख्ने छौं । यो विश्वास पार्टी केन्द्र र हेर्डक्वाटरको तर्फबाट दिलाउँदै सम्पूर्ण नेता कार्यकर्ता र आम जनतालाई त्यो दिशामा प्रतिकृयावादी प्रतिक्रान्तिकारीहरुका दुस्प्रचारबाट भ्रमित नभइकन आपुनो लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्न म विशेष अपिल र अनुरोध गर्न चाहन्छु ।
स्रोत : जनसाचार केन्द्र
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।