Wednesday, June 16, 2010

व्यवसायीलाई नीति निर्माण तहमा लानुपर्छः बलराम आचार्य

पूर्वााचलको हरित नगरी इटहरी अहिले व्यापारिक दृष्टिले चर्चाको शीखरमा छ । त्यसमा पनि यहाँ रहेको गोरखा डिर्पाटमेण्ट स्टोरको नाम नसुन्ने प्रायः कमै होलान् । यस डिर्पाटमेण्ट स्टोरमा सर्वसाधारणदेखि उच्च सरकारी अधिकारीलगायत सीमावर्ती भारतीय जिल्लाबाट समेत किनमेलाका लागि आउने गर्दछन् । यस डिर्पाटमेण्टले ११ वर्ष पूरा गरी आज असार २ गते १२ औं वार्षिक उत्सव मनाएको छ । यसै सन्दर्भमा गोरखाका संचालक बलराम आचार्यसँग गरिएको कुराकानीः-  
अहिले इटहरीको व्यापार व्यावसाय कस्तो चलिरहेको छ  ?
इटहरी बजारको मात्र होइन समग्र देशको व्यापार व्यावसायहरु देशको राजनीतिक स्थिरताका कारण बिग्रदो अवस्थामा छ । व्यावसायीहरु स्वतन्त्रतापूर्वक आफ्नो व्यावसाय साचालन गर्न पाइरहेका छैनन् । सरकारले व्यापार व्यावसायको प्रवद्र्धका लागि कुनै पनि प्रकारका कदम नचालेको कारण दिन-दिनै व्यापारिक क्षेत्र धरासय बन्दै गएको छ ।

यो अवस्था सुधारका लागि कसले के गर्न पर्ला
राष्ट्र निर्माण गर्नको लागि आवश्यक एक महत्वपूर्ण तत्व व्यापार व्यावसायसँग अर्थको प्रत्यक्ष सम्बन्ध छ । त्यसैले राज्यको नीति निर्माण गर्ने तहमा व्यावसायीहरुलाई पनि सहभागी गराउन आवश्यक छ । साथै स्थानीय स्तरमा सबैले यसको विकास र प्रर्वद्धनमा चासो देखाउन जरुरी छ ।
गोरखा डिपार्ट मेन्ट स्टोरको १२ औ वर्षगाँठको अवसरमा नयाँ योजना के छ  ?
हाम्रो निरन्तर सेवासंगै एक नयाँ सेवा थप गर्ने योजना बनेको छ । नेपाली पहिचान सहितको एक पल्टमा ५ सय जनालाई सेवा दिन सक्ने गोरखा किचन नामक रेस्टुराँ वार्षिक उत्सवकैै दिन उद्घाटन गर्दै छौ । गोरखा किचनमा नेपाली इण्डीयन र चाइनिज परिकार पाउन सकिने छ । यस रेष्टुराँमा सबै प्रकारका ग्राहकहरु आउने मेरो कुरामा समेत विश्वस्त छु ।
गोरखा किचन नै किन अन्य नाम पनि हुन सक्थ्यो कि ?
हामी हाम्रो ग्राहकको सल्लाह सुझाव मान्ने गर्दछौ । रेष्टुराँको नाम जुटाउनका भनि ५० हजार रुपैयाँ नगद पुरस्कार घोषणा गरेर ग्राहकहरुमाझ सात हजार पर्चा बाँडेका थियौं । ११ सयले नाम पठाउनु भएको थियो । ती सबै नामहरु मध्ये ४ जनाबाट गारेखा किचन भनेर आएको छ । त्यसैको आधारमा हामीले रेष्टुराको नाम गोरखा किचन राखेका हौ । चार जनामध्ये गोला प्रथाद्धारा एक जना विजेताको नाम वार्षिक उत्सवकै दिन घोषणा गर्दैछौ ।
गोरखा डिपार्टमेन्ट स्टोरको दैनिक आर्थिक कारोबार कति हो ?
सबै परिस्थितिलाई हेर्दा सन्तोषजनक नै छ । तर हामी हाम्रो कारोवारलाई यति भेनर तोक्ने गरेका छैनौ । मेरो डिपार्टमेन्टमा १ सय ७५ कर्मचारी छन् । सबै कर्चचारीलाई दैनिक कारोबारबाट नै तलब दिन पुगेको छ ।
इटहरीको व्यापारिक भविश्य कस्तो देख्नु हुन्छ  ?
इटहरी अब नेपालको दोस्रो ठूलो शहरको रुपमा विकास हुदै छ । इटहरी बजारको व्यापारिक भविष्य अत्यन्तै राम्रो छ । शहरी विकास राजनैतिक परिवेश लगायत सम्पूर्ण कुराहरुले यहाँको व्यापारिक परिवेश सहज बन्दै गएको कारण इटहरीको व्यापारिक भविष्य अत्यन्तै राम्रो छ ।
तपाई एक सफल व्यावसायी भएको नाताले इटहरी तथा पूर्वााचलका व्यापारीहरुलाई केही सुझाव छ कि ?
मैले पूर्वााचलका व्यावसायीहरुमा असारमा धान रोपेर साउनमा फल्नु पर्छ भन्ने प्रवृति देखेको छु । यसरी व्यावसाय चल्दैन असारमा रोपेको धानलाई मंसिरसम्म कुर्न सक्नु पर्छ अनि मात्र व्यापारमा सफलता मिल्छ । सबै व्यावसायी साथीहरुलाई धैर्य गर्न आग्रह गर्दछु ।

1 comment:

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
    OK

    ReplyDelete

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।