Sunday, June 13, 2010

फेरिएन सीमावासीको समस्या

विमर्श उप्रेती
काँकरभिट्टा जेष्ठ । नेपालको पूर्वी सीमा नाका झापाको काँकरभिट्टास्थित भन्सा खोलासहित भारतसँग सीमा जोडिएका नेपाली भूमि अतिक्रमणमा परेको यतिका वर्ष भईसक्दा पनि सीमा विवाद समस्या अझै समाधान हुन सकेको छैन ।  झापाका दक्षिणपूर्वी गाविसहरु पाठामारी महेशपुर पृथ्वीनगर चन्द्रगढी ज्यामिरगढी तथा उत्तरपूर्वी विकट गाविसको रुपमा रहेको बाहुनडाँगी लगायतका सीमा गाविस तथा मेची नदीसँग सिमाना जोडिएका मेची नगर नगरपालिका भद्रपुर नगरपालिकाको करिब १ हजार देखि १२ सय हेक्टर भूमि विवादमा रहेको २०५५÷५६ को सँयुक्त सीमा अनुगमन टोलीको अध्ययनले देखाएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सो टोलीले ०५५÷०५६ देखि करिव ४ वर्ष सम्म सीमा विवाद सम्बन्धी अध्ययन गर्दा पूर्वका भन्सा खोला पाठामारी बाहुनडांगीस्थित तिरिङ्गको सीमा स्तम्भको पिलर र दशगजा अतिक्रमणमा परेको जनाएको छ । 

उच्चबाँधको काम बन्द गर्न माग

धनकुटा ३० जेठ  । सप्तकोशी उच्चबाँध निर्माण भएमा पूर्वका ९ वटा पहाडी जिल्लामा मानवीय भौगोलिक र वातावरणीय समस्या उत्पन्न हुने भन्दै विभिन्न संघ संस्थाले निर्माण कार्य रोक्न माग गरेका छन् । उच्च बाँध निर्माण कार्य जनभावना विपरित भएको आवाज उठिरहेको बेला सरकारले उच्चबाँधको विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयारीको काम सुरु गरेको भन्दै उनीहरुले कडा विरोध जनाएका छन् । सप्तकोसी उच्च बाँध सरोकार साजाल किरात राई यायोख्खा लगायत संघसस्थाले डिपिआर र उच्चबाँध निर्माण कार्यको विरोध जनाएका हुन् । 
साजालका केन्द्रीय अध्यक्ष बलबहादुर राईलॆ विगतमा भारतसंँग भएको सन्धीसम्झौतामा नेपालले गुमाएको पानीमाथिको अधिकार कोशी उच्चबाँधमा पनि मुख्य सरोकारको विषय बनेको बताउनु भयो ।
सुनसरीको बराहाक्षेत्रभन्दा करिब डेढ किलोमिटर उत्तर रहेको सुनाखम्बी क्षेत्रमा भारत सरकारको अनुदानमा बाँंध निर्माण गर्ने सम्झौता अनुसार अहिले डिपिआर तयारीको काम भइरहेको छ । सो स्थानमा २ सय ६९ मिटर अग्लो बाँंध निमार्ण गरी १ सय ९० वर्ग किलोमिटर जलासय बनाएर विद्युत उत्पादन गर्ने योजना रहेको छ ।

Saturday, June 12, 2010

उधौलीको पर्खाइ संगै विदा भयो साकेला

इटहरी २९ जेष्ठ ।एक महिनादेखि सुरु भएको किरात राईहरुको महान पर्वको रुपमा मानिने साकेला शनिबार समापन भएको छ । प्रकृति पुजक मानिने किरात राईहरुले उभौली पर्वको रुपमा परापूर्वक कालदेखि मानाउदै आएको सकेला बैसाख पूर्णीमाबाट सुरु भएको शनिबार ठिक एक महिना पछि शानदार रुपमा समापन भएको हो । विभिन्न ठाउँहरुमा छरिएर रहेका राईहरुले एक महिनासम्म सानो-सानो समुहमा सिलि नाचेर आफ्नो पुर्खौली पर्व मनाइरहेका भए पनि सनिबार समापनको दिन जिल्ला भरिका साकेला समुहहरु एकै स्थानामा भेला भएर संयुक्त रुपमा सिलि नाचेर समापन गरेका छन् ।

सरकारले चासो देखाएन

काँकाडभिट्टा २९ जेष्ठ । सरकार र दलहरुले द्धन्द व्यवस्थापनबारे चासो नदेखाएको वेपत्ता सार्वजानिक गर्ने कुरा भाषणमा मात्र सिमित रहेको एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् । उज्यालो ९० नेटर्वको आयोजना तथा स्थानीय मेची ट्युन्स एफएमको सह-आयोजनामा तत्कालीन नेकपा माओवादीद्वारा संचालित जनयुद्धपछि झापामा शान्ति स्थापनाको अवस्थाबारे विषयको सार्वजानिक सुनुवाई शनिबार झापाको धुलाबारीमा भएको कार्यक्रममा उनीहरुले राज्यले तुरुन्त वेपत्ताको स्थिति सार्वजनिक गर्न माग गरे ।

डिपिआर रोक्न यायोक्खाको माग

धरान २९ जेठ । किरात राई यायोक्खाले सप्तकोशीे उच्च बाँधको डिपिआर तयारी कार्य तत्काल रोक्न माग गरेको छ । शनिबार सुनसरीको धरानमा यायोक्खा सुनसरीले आयोजना गरेको साकेला उभौलीको समापन कार्यक्रममा वक्ताहरुले नेपालको हित विपरित रहेको भन्दै उच्च बाँध निर्माणको कार्य तत्काल रोक्न माग गरेको हुन् ।
कार्यक्रममा यायोक्खाका केन्द्रीय उपाध्यक्ष राजबहादुर राईले सप्तकोशी उच्च बाँध निर्माण कार्य आईएलओ १६९ विपरित रहेको भन्दै स्थानीय आदिवासी जनजातिहरुसँग छलफल नै नगरी काम गर्न नपाईने बताउनु भयो । उच्च बाँध नेपाल र नेपालीको हितमा नरहेको भन्दै उहाँले भारत सरकारले स्थानीय जनताको भावनालाई समेट्न नसकी काम सुरु गर्नु हेपाहा प्रबृति हो भन्नुभयो ।