Thursday, September 11, 2008
मेचीमा औषधि सकियो
दमक झापा सहित मेची अन्चलका चारवटै जिल्लामा अति आवश्यक औषधि पाउन छाडिएको छ ।कोशी कटानका कारण लामो समय देखि ढुवानी हुन नसक्दा मेची अन्चलको ताप्लेजुङ, पाँचथर र इलाममा औषधि को अभाव शुरु भएको हो ।दमकका औषधि व्यवसायी आरबी थापाले टिटानस र रेविज रोगको भ्याक्सिन पाउन छाडिएको बताए । कतिपय औषधि पशलमा सिरिन्जको मौज्दात समेत सकिएको छ ।अन्चलमा औषधि वितरण गर्ने झापाको दमक, विर्तामोड र भद्रपुरमा रहेका थोक बिक्रेतासँग रहेको औषधिको मौज्दातमा कमी आएकोले समस्या भएको बताइएको छ । अझै एक सातासम्म औषधि नआए थप समस्या हुने व्यवसायले चेतावनी दिएका छन् । झापाका तीन दर्जन जति थोक बिक्रेताले अन्चलमा औषधि विरतण गर्छन ।नेपाल औषधि व्यवसायी संघ मेचीका महासचिव र्सूय कोइरालाले बीरगन्जबाट चारवटा कण्टेनगरमा भारतको बाटो भएर पूर्वी नेपालका लागि औषधि ल्याउन पहल भइरहेको बताए ।पूर्वी नेपालमा विरगन्ज, काठमाण्डौ र भारतबाट ल्याइने औषधिले माग परिपुर्ती हुन्छ । कोइरालाले एक दुइ दिन भित्रै आवश्यक औषधि झापा भित्राउने तयारी भइरहेको बताए ।
Posted by
Milan
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।