
महेन्द्र भटर्राई
निर्माण भएको थियो । युद्धकलामा कसरी बच्ने, हतियारको संरक्षण, विज्ञानको प्रयोग, विश्वविख्यात नेताहरुको उक्ति, नागरिक अधिकार लगायतका विषयहरुमा अध्यापन भयो । रोजकार मुलुक, बैज्ञानिक, आधुनिक शिक्षा, सवैको समान पहुँचको शिक्षा नै नेपालीहरुको मौलिकता बन्छ भन्ने माओवादीले तिनै सैद्धान्तिक मान्यतालाइ
युद्धकालमा पार्टर्ीी लगानीमा जनवादी शिक्षा सञ्चालन गरेर चर्चामा आएको माओवादीले सरकारको नेतृत्व पनि गरीसकेकेा छ । शिक्षामा आमूल परिवर्तनको नारा दिंदै आएको माओवादी नेतृत्वको शिक्षा नीत्रि्रति सवैको चासो रहनु स्वाभाविक हो । युद्धकालमा जनजादी तरिकाकै पाठ्यक्रमर् अझ विकसित रुपमा पेश गर्नेछु ।
चुनावी प्रतिबद्धतापत्रमा सङघीय लोकतान्त्रिक गणतन्त्रको कार्यसुची अनुकुल सामाजिक रुपान्तरणका लागि योग्य नागरिकहरु तयार गर्ने हिसावले नयाँ शिक्षा नीति निर्माण गरिने छ । हाल शिक्षामा व्यापक व्यापारीकरणको अन्त्य गरिनेछ र सवैलाई १२ कक्षासम्म निशुल्क शिक्षाको व्यवस्था गरिनेछ । शिक्षामा सवैको मौलिक अधिकार स्थापित गरिनेछ । उच्च शिक्षा हासिल गर्नको निम्ती विना धितो ऋण उपलब्ध सरल तरिकाले गर्राईने छ । तर्सथ माओवादी नेतृत्वको सरकारले त्यसलाई व्यवहारिक नीतिमा ढाल्ने निश्चित नै छ । शिक्षा क्षेत्रमा तय गर्नुपर्ने विषययको खाका पनि तयार पारिसकेको छ । अनिमात्र शिक्षालाई मौलिक अधिकारको रुपमा अनुभूत गराउन सकिन्छ ।
राज्यको तर्फाट व्यापक साक्षरता अभियान सञ्चालन गर्ने योजना माओवादी नेतृत्वले बनाईसकेको छ । ५ वर्षभित्रमा निरक्षरता माओवादी नेतृत्व बनाईसकेकेा छ । ५ वर्षभत्रमा निरक्षरता उन्मुलन गर्ने माओवादीको लक्ष्य छ ।
शिक्षालाई जीवन र उत्पादनसँग जोडी पोलिटेक्निक र प्राविधिक शिक्षालाई विषेश जोड दिइनेछ र औपचारिक शिक्षाबाट बञ्चित ठूलो जनसँख्या र १० वर्षो जनयुद्धको दौरानमा क्रान्तिकारी आन्दोलनमा संग्लग्न युवायुवतीहरुलाई शिक्षामा पहुँच पुर्याउन खुल्ला विद्यालय तथा विश्वविद्यालयहरुको स्थापना गर्ने उल्लेख छ । व्यवहारिक ज्ञानबाट हासिल शिक्षालाईसमेत "आजीवन शिक्षा" को रुपमा मान्यता दिने विशेष व्यवस्था गर्ने कुरा पनि प्रतिबद्धतापत्रमा उल्लेख छ ।
संघीय संरचना अर्न्तगत प्रत्येक स्वायत्त राज्यमा कमसेकम एक विश्वविद्यालय स्थापना गर्ने कृषी तथा बन, इन्जिनियरिङ, मेडिसिन, सूचना प्रविधि, व्यवस्थापन क्षेत्रमा अर्न्तराष्ट्रियका विशिष्ट शिक्षण तथा अनुसन्धान केन्द्रस्थापना गरेर विदेशी विद्यार्थी तथा अनुसन्धानकर्ताहरुलाईसमेत आर्कषित गर्ने माओवादी नीति छ । विज्ञान र प्राविधिक शिक्षालाई प्राथमिक देखि विश्वविद्यालयसम्म विषेश प्राथमिकता दिइने छ ।
माओवादीले सामाजिक साँस्कृतिक रुपान्तरणको निम्ती ज्ञान सिद्धान्तको विकासको महत्वपर्ूण्ा कडी शिक्षा भन्ने गरेको छ । मानवीय अस्तित्वको निम्ती आवश्यक उपभोग्य भौतिक वस्तुको उत्पादन र वितरण प्रणालीको आधारमा निर्मीत मानवीय चेतना र ज्ञान सिद्धान्तको व्यवस्थित अध्ययन श्रङ्खला र विद्या नै शिक्षा हो । समाजको निम्ती भौतिक बस्तुहरुको उत्पादन प्रणाली जग हो भन्ने त्यसको आधारमा निर्मित साँस्कृतिक संरचनाको एउटा महत्वपर्ूण्ा पक्ष शिक्षा हो । मानविय आवश्यकता र भौतिक बस्तुहरुको उत्पादनको आधार ज्ञान सिद्धान्तको विकास हुने भएकोले शिक्षाको पहिलो आधार भौतिकवादी दृष्टिकोण नै हो ।
र्
वर्तमान शिक्षा नितीवारे माओवादी
र्
वर्तमान शिक्षा प्रणालीलाई अवैज्ञानिक, अव्यवहारिक र वेरोजगारी उत्पादन प्रकृतिको बताउँदै आएको माओवादीले शिक्षाको माध्यमबाट नेपाली जनजीवनसँग मेल नखाने पश्चिमा साम्राज्यवादी संस्कति आयात भइरहेको निष्कर्षनिकालेको छ । भ्रष्टाचार विकृति र विसंगतिको अखडा शिक्षाक्षेत्र बन्न थालेको र यस्तो कारखानाबाट उत्पादन हुने शिक्षार्थी कस्ता होलान् - शिक्षा रोजगार र व्यवसायमुलक हुनुपर्नेमा श्रमबाट टाढिएका बेरोजगार उत्पादन गर्ने कारखाना बन्दै गएको माओवादी निष्कर्श छ । वर्तमान शिक्षाप्रणाली भनेको सामन्त नोकरशाह, दलाल, भ्रष्ट, अनैतिक र विकृति-विसंगती उत्पादन गर्ने प्रणाली बनेको छ । राज्यले जनतालाई शिक्षा दिने दायित्वबाट पन्छिएर शिषालाई शिक्षालाई निजीक्षेत्रमा व्यापारीकरण गरेको कारण पैदा भएको महँगो शिक्षाबाट र्सवसाधारण जनता शिक्षाबाट विमुख हुनुपरेको तीतो यथार्थ सवैमा जगजाहेर छ सिङगो शिक्षाप्रणालीको जग नै भौतिकवादको विरुद्ध अध्यात्मवादलाई बनाउँदै आएकेा छ ।
माओवादीले खोजेको शैक्षिक संरचना
शिक्षामा नीजिकरण र व्यापारीकरणको अन्त्य गर्दै देशको सम्पर्ूण्ा बजेटको -शिक्षाक्षेत्रमा) यस क्षेत्रका लागि विनीयोजन गर्ने संरचनागत योजना छ । साथै शिक्षामा भएको जातीय, क्षेत्रीय र भाषिक दमन र विभेदको अन्त्य गर्दै मातृभाषा पठनपाठनको व्यवस्था मिलाउने विद्यालय तथा उच्च शिक्षामा भएको स्तुतिवादी र अवैज्ञानिक विषयवस्तुलाई हटाउन चाहेको छ ।
२०६०/०२/१० गते शिक्षा मन्त्रालयसँग भएको सम्झौता अनुसार मावि तहसम्म निशुल्क शिक्षा लगायत विषयमा भएका सम्झौता तत्काल कार्यान्वयन गर्न, अस्थायी शिक्षकलाई स्थायी लाइसेन्स दिने मन्त्रालयको निर्ण्र्ााकार्यान्वयन गर्न, त्रिवि अर्न्तगतका सवै क्याम्पसहरुमा भौतिक विकास र अध्ययन अनुसन्धानमा आवश्यक न्यूनतम सुविधाको समेतको अभावलाई पर्ूर्ति गर्दै बजेट बृद्धि गर्नुपर्ने माओवादीको जोड छ ।
र्सार्वजनिक विद्यालयहरुमा सञ्चालित दश जोड दर्ुइलाई प्रशस्त बजेट छुट्याई विगतका सम्झौता कार्यान्वयन गर्नै तथा काठमाण्डौ, पोखरा, पर्ुवाञ्चल विश्वविद्यालयद्धारा सञ्चालित र सम्बन्धन दिईएका क्याम्पसहरु साथै उच्च मावि शिक्षा परिषद र सीटीइभीटी बाट सम्बन्धन प्राप्त शिक्षण सँस्थाहरुको चर्को शुल्क घटाइने भनेको छ । त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र तह विस्थापन गर्ने सम्झौतालाई कार्यान्वयन गर्नुको साथै त्रिविको प्रमाणपत्र तहको पाठ्यक्रम पठनपाठन परिक्षाप्रणलीलाई गुणस्तरीय र ब्यवहारिक बनाई दश जोड दर्ुइसँग सामञ्जस्यपर्ूण्ा बनाउनुपर्ने घोषणा माओवादीले यस अघि नै गरिसकेकेा छ ।
महेन्द्र सँस्कृत विश्वविद्यालयलाई समयसापेक्ष आधुनिकीकरण गर्ने र त्यसलाई साँस्कृतिक विश्वविद्यालयमा रुपान्तरण गरी भाषा, सँस्कृति, इतिहास, विज्ञान आदिको अध्ययन अध्यापनको व्यवस्था मिलाईने त्रिविका कुलपति त्रिविसभाद्धारा निर्वाचित गर्ने र जनघनत्व बढी भएका क्षेत्रका र्सार्वजनिक विद्यालयहरुमा छात्रावासको व्यवस्था गरिनुपर्ने पनि माओवादीले भनेको छ । नीजि र र्सार्वजनिक विद्यालयका लागि एउटै पाठ्यक्रम निर्माण गर्ने माओवादीको प्राथमिकतामा पर्छ ।
प्राविधिक क्याम्पसहरुमा डोनेसन सिस्टम र फुल प्रिm पेइङ सिस्टमको अन्त्य गरी दर्ुगम, उत्पीडित जाती र गरीव समुदायको लागि विषेश कोटाका साथै विद्यार्थी भर्ना सँख्यामा बृद्धी हुने गरी कार्यक्रम आवश्यक भएको ठहर गर्दै त्यो खालको संरचना गर्ने भनेको छ । कृषी विश्वविद्यालयका साथै सुदुरपश्चिम तथा कर्ण्ााली क्षेत्रमा विश्वविद्यालयको स्थापना गरिनुपर्ने, हिमाली क्षेत्रमा त्यसका विषेशताको आधारमा छुट्टै शैक्षिक क्यालेण्डरको व्यवस्था गरिनुपर्ने माओवादीको शिक्षा नीतिमा छ । त्यसैगरी प्रस्तावित विद्यालयहरुलाई स्थायी स्विकृती दिई शिक्षक कर्मचारीको दरवन्दीको व्यवस्था नगरी लक्ष्य हासिल गर्न नसकिने माओवादीको ठहर छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।