सुनसरीको कप्तानगंज गा.वि.स.स्थित एक व्यक्तिले आफ्नी श्रीमती हुँदा हुँदै अर्काकी श्रीमतीसँग अवैध सम्बन्ध राखेका कारण सो व्यक्तिले रु. ५१ हजार जरिवाना तिरेका छन् ।
सो गा.वि.स.का वडा नं. ७ घर भएका वौवालाल मेहताले सोही गाउँकी एक जना राम थरकी विवाहित महिलासँग अवैध सम्बन्ध बनाई शारीरिक सम्बन्ध गर्दै आएको रहस्यदोघाटन भएपछि एक सामाजिक भेलाले सो अपराधको सजाय स्वरुप रु. ५१ हजार जरीवाना तिर्नुपर्ने निर्णय सुनाएको छ । दुइ छोरा र छोरीका बाबु समेत रहेको मेहताले शुक्रवार स्थानीय सामाजिक भेला समक्ष भने "के गर्नु लत लाग्दो रहेछ त्यस्तै हुन पुगेको र अब तपाईहरु जे सजाय सुनाउनुस् म भोग्न तयार छु"
विगत दुइ वर्षदेखि आफ्नी श्रीमतीसँग शारीरिक सम्बन्ध राख्दै आएको भन्दै स्थानीय समाजसँग यस अपराधको उचित निर्णय गरीदिनुहुन उनका श्रीमान्ले आग्रह गरेपछि स्थानीय केही व्यक्तिहरुको अगवाहीमा घट्ना यसै समाजको भएकोले समाजभित्रै सल्ट्याउनुपर्ने भन्दै सो सामाजिक भेलाको आह्वान गरेको थियो ।
आफ्ना श्रीमान दुइ वर्षदेखि बाहिरै बस्दै आएकोले आफूहरुबिच त्यस्तो सम्बन्ध हुन् गएको सामाजिक भेला समक्ष राम थरकी उक्त महिलाले स्वीकारेकी थिइन् ।
यद्यपी उक्त अपराधमा दुवै व्यक्तिहरुको उतिकै भुमिका भएको भएतापनि उक्त महिलालाई भेला समक्ष दश चोटी कान समाएर उठ बस गर्नु पर्ने बाहेक कुनै किसिमको जरीवाना तिर्नुपर्ने समाजले निर्णय सुनाएन ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।