नशा सम्बन्धी विरामले लामो समय अचेत भएपछि चेत खुल्दा देउप्रकाश र्राई ४०, ले आफूलाई घाँटी घुम्रिएर अगाडिको वस्तु देख्नै नसक्ने अवस्थामा पाए । चारवर्षलामो विरामको सास्ती भोगेपछि उनले चेत त पुनः पाए तर सवलाङ्गता भने गुमाए ।
देउप्रकास कसैको सहाराविना हिड्न सक्दैनन् । सवलाङ्गलाई एक घण्टा लाग्ने बाटो काट्न उनलाई दर्ुइ घण्टाभन्दा बढी लाग्छ । तर बौद्धिक यात्रा भने सवलाङ्ग समान गर्न सक्छन् । "किरात सिरिजङ्गा लिपिमा वान्तावा भाषाको रुप" नामक पुस्तक तयार गरेर उनले आफ्नो बौद्धिक सक्षमता प्रमाणित गरेका छन् ।
बसेर उनी राम्ररी लेख्न सक्दैनन् । घाँटी घुम्रिएपछि देउप्रकाशको अनुहार पैतालातिर निहुरिएको छ । आफ्नो अगाडिको बस्तु हर्ेर्नुपरे सुतेर हर्ेर्नुपर्छ । प्राय उनी सुतेर असजिलो गरी लेख्छन् । उनले पुस्तक लेख्न गतसाल नै टुंग्याएका थिए । प्रकाशन गर्ने दाम नभएपछि एकवर्षडायरीमै थन्कियो उनको पुस्तक । यो साल किरात र्राई यायोक्खाले केही रकम पुस्तक प्रकाशनका लागि जुर्टाईदिने भएपछि उनको पुस्तक प्रकाशन गर्ने चाहनाले साकार पाउने भएको छ । पुस्तकको फाइनल प्रुफ हर्ेर्दै गर्दा भेटिएका साम्पाङ अलि उत्साहित देखिन्थे । "प्रकाशक नभेटिएकोले पुस्तक त्यसै थन्किएलाकी भन्ने डर थियो तर यायोक्खाले दिएको रकममा थपथाप गरेर पुस्तक प्रकाशन गर्ने सोच गरेको हुँ ।" उनले भने ।
अचेत हुँदा कतिपय तिथी मिति भुलेपनि धेरै घटना उनलाई र्छलङ्ग छ । २०४० देखि २०४८ सालसम्म किरात धर्मगुरुको आश्रममा बसेका साम्पाङ गुरुसँग विताएका तीतोमीठो क्षण छोटो समयमा कहेर टुग्याउँछन् । गुरुको अघोषित सचिवका रुपमा केही समय काम गरेको दावी गर्ने देउप्रकाशको लारुम्बा आइपुग्नुको पछि रहेको कम रोचक छैन ।
चमैता १ मैदाने इलाममा जन्मिएका देउप्रकाश कमला प्राविमा पढ्थे । उनी सानैदेखि पत्रपत्रिका चासो राख्ने भएकाले वामपन्थीहरुद्धारा प्रकाशित "विश्वको सेरोफेरो" नामक पत्रिका पढ्थे ।
त्यही पत्रिकाको पाठक भएकै कारण वामपन्थीको आरोपमा शैक्षिक प्रमाणपत्र खारेज गरिदिए । प्रशासनबाट धरपकड हुने भयो । त्यसबाट बच्न डिल्लीराम चाम्लिङको सहयोगमा गुरु आश्रममा आश्रयका लागि आईपुगे । गुरु आश्रममा रहँदा एकदिन राजा विरेन्द्रले गुरुलाई "सौर्यगुरु" सम्बोधन गरेको पत्र आएको र सो शब्दको अर्थ थाहा पाउन दमकसम्म शब्दकोष लिन आएको उनले भुल्न सकेको छैनन् । उनी केही समय किरात धर्म तथा साहित्य उत्थान संघद्धारा सञ्चालित किरात प्रिन्टिङ प्रेसका डाइरेक्टर समेत बनाईए ।
गुरुआश्रममा रहँदा एकदिन हलो ताछ्ने क्रममा बसिलाले खुट्टामा गहिरो चोट लागेको थियो । सोही कारण आफूलाई नशाको विरामले सताएको उनको ठहर छ । विराम थलिएको वेला उपचार गराउने ल्याकत परिवारको नभएकोले समयमा औषधोपचार हुनसकेन । पछि एकपल्ट विराटनगरमा न्यूरोलोजिष्टलाई देखाउँदा देखाउँदा उपचारको लागि विदेश जान सल्लाह दिए । तर विदेश उपचारमा लाग्ने मोटो रकम जुटाउन नसकेपछि एक दशकयता सास्ती खप्दैछन उनी । उपचारका लागि कसैसंग पनि पसारेका छैनन रे । तैपनि उनले आशा भने मारेका छैनन् । टेलिभिजनमा दिइएको विज्ञापन हर्ेदा आफ्नो उपचार काठमाण्डौंमा हुनसक्ने उनको आशा छ ।
संसारभरका नयाँ जानकारी लिन चाहने स्वाभावका देउप्रकास पाएसम्म पुस्तक पत्रपत्रिका पढ्छन । गाउँघरमा पुस्तक, पत्रपत्रिका नपाएपनि इलाम बजारबाट कजेज जाने आउने विद्यार्थीहरुलाई झिकाउँछन् रे । अझसम्म कुनै अपाङ्गसम्बन्धि सँस्थाहरुबाट सहयोग नपाएकोमा भने अलि गुनासो छ उनलाई । किरात र्राई यायोक्खा र अपाङ्गसम्बन्धी एक सँस्थामा आवद्ध देउप्रकास अपाङ्गको राहतमा पनि दलीय भागबण्डा हुने गरेको आरोप लगाउँछन् ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।