Saturday, October 25, 2008

गाविस सचिवको गोली हानी हत्या

कपिलवस्तुमा संयुक्त जनतान्त्रिक मुक्ति मोर्चाका कार्यकर्ताले गाविस सचिवको गोलीहानी हत्या गरेको छ ।
पिपरा गाविसका सचिव ४५ वषिर्य राममिलन प्रसाद गुप्ताको पिपरा ३ गुल्डीहवामा टाउकोमा गोली हानी हत्या गरिएको हो । पिपरा गाविस सँग जोडिएको भारतको वोर्डपुरवाट कपिलवस्तु नगरपालिका ३ चेाकवजार घर आउने क्रममा उनकैं मोटरसाइकल सवार व्यक्तीले गोली हानेको प्रहरीले जनाएको छ ।
उनको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाको संयुक्त जनतान्त्रिक मुक्ति मोर्चाका कपिलवस्तु सैन्य कमाण्डर शिवाले जिम्मा लिदैं आर्थिक हिनामिना र भष्ट्रचार गरेकाले हत्या गरेको बताएका छन् । गुप्ता सहित माओवादी नेतृत्वको सरकार वनेपछि कपिलवस्तुमा २ र्सवसाधारण, तमलोपा र माओवादीका ३-३ कार्यकर्तासहीत ९ जनाको ज्यान गएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।