
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्रीगिरिजाप्रसाद कोइरालाले विराटनगरवाट क्रान्तिको विगुल फुक्ने उद्घोष गर्नुभएको छ । नेपाली कांग्रेसले शनिवारवाट शुरु हुने जागरण अभियानमा सहभागी हुन आज विराटनगर पुग्नुभएका कोइरालाले विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै राष्ट्रलाइ नयाँ दिशा दिन नयाँ क्रान्तिको बिगुल फुक्नु आबश्यक भएको बताउनुभयो । तर कोइरालाले कस्तो खालको क्रान्ति गर्न खोजेको र त्यसको उदेश्य के हो भन्नेबारे केहीपनि बोल्नुभएन् । आफुलाइ मनमा लागेका कुरा गृहनगर विराटनगर पुगेरै भन्ने कोइरालाको पुरानो बानी रहेकाले संचारकर्मी कोइरालाले कतिखेर के बोल्नेहुन भनेर प्रतिक्षा गरेका छन् । कोइरालाले शनिवार विराटनगर रंगशालामा आयोजना पहिलो जागरण सभालाइ संवोधन गर्ने कार्यक्रम रहेको छ । संविधानसभा निर्वाचनमा नराम्रो पराजय भोगेको कांग्रेसले संगठन सुदृढ गर्न जागरण अभियान लिएर कार्यकर्तामाझ जान लागेको हो । विराटनगरवाट शुरु हुने जागरण अभियान मुलुकमा मुख्य स्थानहरुमा संचालन गरिने नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।