Thursday, October 23, 2008

प्रहरीले स्थापना दिवस मनाए

सशस्त्र प्रहरी दिवसको अवसरमा बिहिबार झापाको लखनपुर स्थित सशस्त्र प्रहरी बल पाथिवरा गणमा विभिन्न कार्यक्रमाको आयोजना गरि मनाइयो ।
कार्यक्रममा अन्तर समुह ब्याटमिन्टन, फुटवल, भलिबल खेलको आयोजना गरिएको थियो । सोही अवसरमा गणले झापा जिल्लामा घर भइ विभिन्न क्षेत्रमा कर्तव्य पालनको क्रममा उच्च शाहदत प्रप्त सशस्त्र प्रहरीका परिवारहरुलाई दोसल्ला ओडाइ बलिदानीको कदर गरिएको थियो । कार्याक्रममा नेपाल प्रहरीका मेची अञ्चल प्रमुख बिज्ञानराज र्समा, निमित प्रमुख जिल्ला अधिकारी लक्ष्मण हमाल लगायतका अतिथिहरुले सशस्त्र प्रहरी जनपथ प्रहरीको प्रयासबाट नै शान्ति सुरक्षामा ठूलो जिम्मेवारी रहेको बताउनु भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।