सेसेहाङ् फियाक लिम्बू
काङ्सोरेको सपना र विपनामाङ्तोकको एउटै कल्पना
कुम्भकर्ण र महासागर बनाउन
लिम्बुवान अब जाग्नुपर्छ ।
लिम्बूवानको छातीमा साँगिन रोिपंदा
तिनै काङ्सोरेको छातीमा रोपियो
लिम्बूवानको हत्या गर्न खोज्दा
तिनै वीर शहीद माङ्तोक
यो धर्तीमाथि ढल्न पुग्यो
अब पनि लिम्बूवान जाग्दैनौ भने
युगले तिमीलाई नपुंसक भन्ने छ
समयले तिमीलाई हिजडा भन्ने छ
नपुंसक र हिजडाबाट के आशा
हिजो कोशी मिचियो
गढवाल मिचियो
मेची मिचियो
अरुण वरुण कुम्भकर्ण मिचियो
त्यतिवेला
काङ्सोरे एक्लै लडेथ्यो ।
बाँकी पुर्खाहरु त
लिम्बूवानी माटोमा जन्मी हुर्की
जय मातृभूमि भारत की - जयजय
बि्रटीश की - जय
भन्दै दुई पैसामा बिक्री भएर
भाडाका टट्टु भएर
फाक्ल्याण्डको टापुमा रहेका थिए ।
काश्मीरको जङ्गलमा रात विताएका थिए ।
अर्थ के रह्यो
विश्व हाम्रा पुर्खाहरुले जितेन
सारमा इतिहास रचेन
न्किनभने
-रगत वेचुवा पुर्खाहरु
मुटु बेच्ने पुर्खाहरु
काङ्सोरे भन्दा कायर थिए
माङ्तोक भन्दा नालायक थिए
नभा त
-काङ्सोरेले जस्तै लिम्बूवान बचाउँथे
माङ्तोकले जस्तै लिम्बूवान बचाउँथे
त्यसैले
अब इतिहास सच्याएर
पुर्खाहरुको कथालाई फेर्न
अब सांच्चिकै लिम्बूवान जाग्नुपर्छ ।
आज लिम्बूवान तिमीलाई
फक्ताङ्लुङ्ले उठ भन्दै छ
चम्जमलुङ् कुम्मायक कुस्सायक
पाथीभरा माङ्सेबुङ लोब्रे र सिलौटीले
जाग्रामको घण्टी बजाइरहेछ ।
तिम्रो सपना-जपना पूरा गर्न
लाखौं वीर योद्धाहरुको जन्म भइसकेको छ
त्यसैले अब नडराइकन तिमी
एकचोटी मजाले जाग्नुपर्छ ।
-२०६५-५-३० दमक-१ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।