Sunday, November 23, 2008

वाइसीएलको बिघटन नगरेसम्म सेना समायोजन हुन नसक्ने

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीले हत्या हिंसा बन्द गरी वाइसीएलको बिघटन नगरेसम्म सेना समायोजन प्रक्रिया शुरु हुन नसक्ने बताउनु भएको छ ।
नेपाल प्रेस यूनियन बांकेले आइतबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहांले सेना समायोजन समितिमा बस्नका लागि सरकारले कांग्रेसलाई औपचारिक जानकारी नदिएको बताउनु भयो । कसैले फोन गरेर भन्दैमा काग्रेस कुनै समितिमा जादैन समितिमा सहभागिताका लागि चिठी चाहिन्छ त्यो सरकारले पठाएकै छैन कोइरालाको भनाई थियो । सरकारको सय दिनको अवधीको कुनै टिप्पणी गर्न चाहदिन भन्दै कोइरालाले जनताले अहिले सरकार भएको अनुभूति गर्न नपाएको बताउनु भयो । सरकार आफ्नै कारणले ढल्ने भन्दै कोइरालाले भन्नुभयो सरकार पाकेको आप हो कसैले हल्लाउनु पर्दैन आफै र्झछ । माओवादीले कब्जा गरेको सम्पत्ति तत्काल फिर्ता गर्नु पर्ने बताउदै कांग्रेस सभापति कोइरालाले माओवादीले कुनै पनि सहमति पालना नगरेको आरोप लगाउनु भयो ।
माओवादी लडाकुलाई राष्ट्रिय सेनामा समायोजन गरेर सेनालाई राजनीतिककरण हुन कांग्रेसले नदिने बताउदै उहांले अब प्रजातन्त्र, प्रेस स्वतन्त्रता, समाजवाद र मानवअधिकारका लागि दुनियाका कुनै पनि शक्तिसंग आफू नझुक्ने कोइरालाको अठोट छ । कोइराला आजै राजधानी र्फकदै हुनुहुन्छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।