सुर्खेत-जुम्ला सडक उद्घाटनलगत्तै कालिकोट रेडक्रसलाई प्राप्त भएको एम्बुलेन्स हालसम्म पनि सञ्चालनमा आएको छैन । कालिकोटका बासिन्दा सडक र एम्बुलेन्स भएर पनि अहिले डोकामा बिरामी बोकेर स्वास्थ्य संस्थासम्म लैजान बाध्य छन् । गत वैशाखमा सडक उद्घाटन भएपछि रेडक्रस कालिकोटलाई भारतीय दूतावासले करिब २० लाख रुपैयाँ पर्ने एम्बुलेन्स उपहारस्वरूप दिएको थियो । तर, उद्घाटनको केही समयपछि नै सडक अवरुद्ध भएपछि एम्बुलेन्स थन्किएको रेडक्रस सोसाइटी कालिकोटले जनाएको छ । रेडक्रस सोसाइटीका सदस्य कटकबहादुर शाही भन्छन्, 'एम्बुलेन्स मात्र भएर के गर्ने, चलाउनलाई सडक नै छैन ।' उनका अनुसार एम्बुलेन्स जिल्लामा पुगेपछि केही दिन खाडाचक्र बजारदेखि जिल्ला अस्पताल चौरसम्म सञ्चालन भएको थियो । तर, बजारदेखि अस्पतालसम्म एम्बुलेन्स चलाउन आवश्यक नभएपछि एम्बुलेन्स जिल्ला प्रशासन कार्यालयको आँगनमा थन्किएको छ । एम्बुलेन्स नहुँदा अहिले बिरामीलाई डोकामा बोकेर सुर्खेततिर लैजाने गरिएको छ । डोकामा बिरामी बोकेर सुर्खेत झर्दै गरेका लालुका रामबहादुर बिष्टले भने, 'म अहिले गाडी हिँड्ने सडकमै बिरामी बोकेर हिँडिरहेको छु, तपाईं नै भन्नुस् हामीलाई सडक र एम्बुलेन्स भएको के फाइदा ?' सुर्खेत-जुम्ला सडकको सेरीघाटनजिकै भेटिएका उनले एम्बुलेन्स चलाउनलाई पहिले सडकलाई भरपर्दो बनाउनुपर्ने बताए । Monday, November 24, 2008
एम्बुलेन्स जिप्रकामा, बिरामी डोकामा
सुर्खेत-जुम्ला सडक उद्घाटनलगत्तै कालिकोट रेडक्रसलाई प्राप्त भएको एम्बुलेन्स हालसम्म पनि सञ्चालनमा आएको छैन । कालिकोटका बासिन्दा सडक र एम्बुलेन्स भएर पनि अहिले डोकामा बिरामी बोकेर स्वास्थ्य संस्थासम्म लैजान बाध्य छन् । गत वैशाखमा सडक उद्घाटन भएपछि रेडक्रस कालिकोटलाई भारतीय दूतावासले करिब २० लाख रुपैयाँ पर्ने एम्बुलेन्स उपहारस्वरूप दिएको थियो । तर, उद्घाटनको केही समयपछि नै सडक अवरुद्ध भएपछि एम्बुलेन्स थन्किएको रेडक्रस सोसाइटी कालिकोटले जनाएको छ । रेडक्रस सोसाइटीका सदस्य कटकबहादुर शाही भन्छन्, 'एम्बुलेन्स मात्र भएर के गर्ने, चलाउनलाई सडक नै छैन ।' उनका अनुसार एम्बुलेन्स जिल्लामा पुगेपछि केही दिन खाडाचक्र बजारदेखि जिल्ला अस्पताल चौरसम्म सञ्चालन भएको थियो । तर, बजारदेखि अस्पतालसम्म एम्बुलेन्स चलाउन आवश्यक नभएपछि एम्बुलेन्स जिल्ला प्रशासन कार्यालयको आँगनमा थन्किएको छ । एम्बुलेन्स नहुँदा अहिले बिरामीलाई डोकामा बोकेर सुर्खेततिर लैजाने गरिएको छ । डोकामा बिरामी बोकेर सुर्खेत झर्दै गरेका लालुका रामबहादुर बिष्टले भने, 'म अहिले गाडी हिँड्ने सडकमै बिरामी बोकेर हिँडिरहेको छु, तपाईं नै भन्नुस् हामीलाई सडक र एम्बुलेन्स भएको के फाइदा ?' सुर्खेत-जुम्ला सडकको सेरीघाटनजिकै भेटिएका उनले एम्बुलेन्स चलाउनलाई पहिले सडकलाई भरपर्दो बनाउनुपर्ने बताए ।
Posted by
Milan
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।