समुदायमा हस्तानतरित बिद्यालयलाई सरकारकै जिम्मा लगाउनु पर्ने र शिकक्ष, शिक्षिका चनौट प्रकृयामा नातावाद लादीएको बिरोधमा झापाका दर्ुइ बिद्यालयमा ताला बन्दि गरिएको छ ।
लखनपुर स्थित मंगलमय माविमा लिम्बूवान भोलेन्टर्ीयर्सका झापा अध्यक्ष गणेश सुब्बा सहितको एक टोलीले ताबन्दी गरेको हो । सुब्बाले शिक्षक छनौटमा बिद्यालयले समाबेसी प्रकृयामा नगरिएकोले यस्तो कार्य गर्न आफ्नो संगठन बाध्य भएको बताउनु भएको छ । वहाँका अनुसार सो बिद्यालयमा प्रकासित राहत शिक्षकको कोटमा बिद्यालयले सोमबार विभिन्न तहमा तिन शिक्षकलाई नियुक्ती गर्ने अन्तिम चरणमा पुर्याएको थियो । त्यसै गरि माहाभारा स्थित जनकल्याण निमाविमा शिक्षक छनौट बदर र समुदायमा हस्तान्तरणको संम्झौता खारेज गर्न माग गर्दै अभिभावकहरुको एक समुहले दर्ुइ साता अघि गरेको तालावन्दी कायमै रहेको छ । सो बिद्यालयका प्रधानध्यापक भिम कार्कीकी नातेदार उशा विष्टलाई त्यहाको निमावि स्तरको सामाजिक बिषय शिक्षिकामा नियुक्त गरिए पछी विवादले चर्को रुप लिएको हो । अखिल नेपाल शिक्षक संगठनको पहलमा सो समस्या समाधान गर्न प्रकृया अघि बढाइएको संगठनका झापा अध्यक्ष शिताराम अधिकारीले जानकारी दिनु भएको छ । मंगलबार झापाका जिल्ला शिक्षा अधिकारी दिपक शर्मा को उपस्थितिमा बिद्यालयमै बिद्यालय प्रसासन र आन्दलोलनरत पक्ष बिच बार्ता हुने बताइएको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।