Friday, November 28, 2008

दुर्घटना बिशेष

मृतको संख्या १० पुग्यो
८ जानाको त दुर्घटना स्थलमानै मृत्यु भएको हो भने अन्य घाइतेहरु को मृत्यु हुने क्रम जारी रहेको अपुष्ट रुपमा आउने क्रम जारीनै छ । दमक-१९ का छबि नेपालको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । त्यसै गरि मृतक जीवन राईको बुहारी बिष्णु माया राईको पनि उपचारकै क्रममा सिलिगुडीमा मृत्यु भएका पारिवारिक स्रोतले जानकारी दिएको छ । बुहारी सहित जीवन राईको परिवारमा मृतकको संख्या ४ पुगेको छ । तर मृतक बिष्णुमाया राईको सव भने नेपाल आइपुगेको छैन । अन्य घाइतेहरुको पनि मृत्यु हुने सम्भावना प्रवल रहेको जनाइएको छ । भने मृतकहरुको समुही दहासंस्कार दमक-१८÷१९ को रमा समुदायीक बनमा गर्ने तयारी भइरहेको जनाइएको छ

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।