Friday, November 28, 2008

७ मृतकको एकै ठाउँमा दासस्कार

बिहिबार लखनपुरमा भएको सावारी दुर्घटनामा परि मृत्यु भएका ७ जनाको एकै ठाउँमा दाहसंस्कार गरिएको छ । अत्याधीक गतिकारण एक आपसमा ठोकीएर दमक-१९ का एकै परिवारका ३ जना गरि जम्मा ८ जनाको घटना स्थलमै मृत्यु भएको हो । भने उपचारको क्रममा शुक्रबार सम्म थप दुईको पनि मृत्यु भईसकेको इलका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । उपचारको क्रममा मृत्युहुनेहरुका मृतक जीवन राईका बुहारी बिष्णुमाया राई र दमक-१८ का छबि राईको पनि मृत्यु भएको छ । तर विविध कारण बिष्णुमायाकेा सव भने नेपाल ल्याउन नसकिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । दाहसंस्कार गरिएकाहरुमा छबि नेपाल जीवन राई तेजकुमारी राई सुसील राई कृष्ण दर्जी पून्य मिश्र पूर्ण थापा रहेका छन । बस चालक बाहुनडागी-२ का बिकास हमत र ट्रक चालक प्रदिप वस्नेतलाई आफ्नै ठाउँमा दासंस्कार गर्नको लागी पठाइएको छ । यसरि मृत्यु हुनेहरुमा जीवन राईको परिवारबाट मात्रै ४ जना पुगेका छ । मृतकहरुको दमक-१९ अवस्थित रतुवा खोला नजिकै रहेका रमा सामुदायीक बनमा सामुहिक रुपमा दासस्कार गरिएको छ । भने अन्य केही घाइतेहरुको चिन्ताजनक अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।