Thursday, November 20, 2008

महापुरान बाट सवाँकरोड रुपैयाँ संकलन

इटहरीको नमुना सामुदायिक बहुउद्धेश्यले राधाकृष्ण शिव मन्दिरको सहयोगमा आयोजना गरेको नवाह महापुराणमा १करोड ३७ लाख ५० हजार रुपिया संकलन भएको छ ।
इटहरीमा सुविधासम्पन्न पाँचतले भवन बनाउनका लागि आर्थिक सहयोग संकलन गर्ने उद्धेश्यले लगाइएको सो पुराणमा युवा पण्डित दिनबन्धु पोख्रेलले पुराण बाचन गर्नुभएको थियो । इटहरी तथा आसापासका गाविसहरुबाट दाताहरुबाट पाँच तले भवन निर्माणका लागि नौ दिनमा सो रकमसंकलन भएको पुराण आयोजक समितिका सचिव तर्ीथ गौतमले बताउनुभयो । पुराणमा भएको आम्दानी तथा खर्चको फोरफराग गर्न करिव एक महिना लाग्ने भएकाले त्यसपछि मात्र निर्माणको काम थाल्ने गौतमले जानकारी दिनुभयो ।
यसैबीच पुराण आयोजक समितिले भवन निर्माणका लागि इटहरी नगरपालिकासंग माग गरेको जग्गा तत्काल नगरपालिकाले नदिने निर्ण्र्ाागरेकाले पनि भवन निर्माण केही पछाडि सरेको हो

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।