पर्यटकिय आकर्षाका लागि निर्माण भएको इटहरी कै सुन्दर स्थल ताल तलैयामा आउने स्वदेशी तथा विदेशी पर्यटकहरु असुरक्षित भएको जनाउदै ताल तलैया व्यवस्थापन समितिले प्रहरी विटको स्थापना गर्न माग गरेका छन् ।
साताको शनिवार बढी भिड लाग्ने इटहरी ३ स्थित ताल तलैयामा आउने पर्यटक माथि दर्ुर्व्यशनिमा लागेका स्थानिय युवाहरुले कुटपिट गर्ने,रकम लुट्ने कार्य बढेकाले सुरक्षा नभएको जनाउदै तत्काल प्रहरी विट राख्न सो समितिले माग गरेकोहो । ती युवाहरुले प्रत्येक शनिवार पिकनिक स्पोटमा प्रवेश गरि आतंक मच्चाउदै आएका छन् । साथै उनिहरुले त्यहाँ निर्माण गरिएका भवन तथा आकर्षाका समानहरु जथाभावी फुटाउने काम पनि गर्दै आएका छन् हातमा कट्टी बोकेर हिड्ने स्थानिय ती युवाहरुले आतंक मच्चाईरहेको बिषयमा बारम्बार कुरा उर्ठाई तत्काल प्रहरी विट राख्न माग गर्दा प्रहरीले वेवास्था गरिएको समितिले जनाएको छ ।
इटहरी नगरपालिकाको रेखदेखमा रहेको सो क्षेत्रमा प्रहरी विट राख्नु पर्नेमा बारम्बार कुरा उठेको र समितिले पनि माग गरेको इटहरी नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद तिम्सिनाले बताए ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।