Saturday, November 22, 2008

सुकुम्बासी समस्या मुख्य समस्या हो

अब बन्ने संविधानले गरिव तथा सुकुम्बासी समुदायको अधिकार सुनिश्चित गरिनु पर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । नेपाल बसोबास वस्ती संरक्षण समाज दमकले आयोजना गरेको नगर भेलाको उदघाटन कार्यक्रममा सहभागीहरुले नयाँ नेपालको नयाँ संविधानमा आफ्नो जायज माग समेटीनु पर्ने कुरामा जोड दिएका थिए । समाजका केन्द्रीय अध्यक्ष मान प्रसाद लिम्बूले नयाँ नेपल बन्नको लागी गरिव सुकुम्बासीहरुको समस्या समाधान हुनु पर्ने कुरामा जोड दिएका थिए । भेलाले नविन श्रेष्टको अध्यक्षतामा १३ सदसिय नगर समिति निमार्ण गरेको छ । जसमा उध्यक्ष पउाध्यक्ष सचिव सह-सचिव र कोषाध्यक्ष क्रमश नविन श्रेष्ठ सुनमाया तामाङ राज कुमार परियार सुरेश लिम्बू लिला पाचकोटी र राम प्रसाद चापागाई रहेका छन । कार्यक्रममा समाजका जिल्ल्ाा अध्यक्ष कृष्ण लामा पत्रकार महासंघका झापा उपाध्यक्ष बिष्णु सुब्बा लगायतले सुकुम्बासी समस्या समाधानको लागी राज्यले गहन तरिकाले कदम चाल्नु पर्ने कुरामा जोड दिनु पर्ने बताएका थिए ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।