Sunday, November 16, 2008

मंसिरको दोस्रोसाताबाट सशस्त्र समूहहरुसँग औपचारिक वार्ता हुने स्थानीय विकासमन्त्री झाको खुलासा

स्थानीय विकासमन्त्री रामचन्द्र झाले मंसिरको दोस्रोसाताबाट तराईमा आन्दोलनरत एक दर्जन सशस्त्र समूहहरुसँग जनकपुरमा औपचारिक वार्ता हुने खुलासा गर्नुभएको छ। वार्ता हुनलागेका समूहको नाम तत्काल खुलाउँदा वार्ताविरोधीहरुले षड्यन्त्र गर्न सक्ने खतरा औल्याउदै का कोसँग वार्ता हुने भन्नेबारे उहाँले बताउनुभएन। आफू भारतको दरभंगा र मधुवनीमा पुग्दा सशस्त्र समूहसँग अनौपचारिक वार्तागरेको खुलासा गर्दै सशस्त्र समूहहरुलाई सबै मुद्धाबारे वार्ताको टेबुलमै छलफल गर्ने स्पष्ट पारिसकेको बताउनुभयो। उहाँले संविधानसभा निर्वाचनले मुलुक बिखण्डन गर्ने म्याण्डेट नदिएको बताउदै त्यस्ता मुद्धाबारे छलफल हुननसक्ने बताउनुभयो। मन्त्री झाले देश टुक्राउने रटान गरिरहेका जयकृष्ण गोईतसँग वार्ताको औचित्य नरहेको तथा ज्वाला सिंहले देश टुक्राउने अडानमा लचकता देखाएकाले उनीसँग वार्ता हुने बताउनुभएको छ। कायैध्कममा सशस्त्र समूहलाई वार्तामा आउनुअघिको सुरक्षा देखि वार्ता सफल या असफल दुवै हुँदा गन्तव्यसम्म सुरक्षित तरवले पुर्‍याउने ग्यारेन्टी सरकारले लिन्छ भन्नुभयो। सशस्त्र समूहले प्रधानमन्त्रीको नेतृत्वमा वार्ताटोली गठन गर्न माग गरिहेकोबारे सोधिएको प्रश्नमा उनले आवश्यक परे प्रधानमन्त्री आफैले कुरा उठाउनुहुने बताउँदै अहिले त्यो सम्भावना नरहेेको बताउनुभयो। उहाँले दलहरुबीच सहमति बनाएर स्थानीय निकायमा पदाधिकारी पुर्नवहाली गरिने स्पष्ट पारे। मन्त्री झाले नेपाली कांग्रेसलाई पनि स्थानीय निकायमा समावेश गर्नु अनिवार्य भएको बताउनुभएको छ। एक प्रसंगमा नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री झालाई भारतीय नागरिकको आरोप लागिरहेकोबारे प्रश्न सोधिंदा उनले आफ्नो चरित्रहत्या गर्न खोज्ने षड्यन्त्रकारी र दिमाग खुस्किएकाहरुले अभियान चलाएको आरोप लगाए। आफू समृद्ध, शान्त, अखण्ड नेपाल निर्माणको अभियानमा जुनसुकै बलीदानी दिन पनि तयार रहेको बताउदै कुनैपनि षड्यन्त्रबाट नझुक्ने उहाँको भनाई थियो। कार्यक्रम रिपोर्टर्स क्लब नेपालमा भएको थियो।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।