Sunday, November 16, 2008

झापामा शैक्षिक संस्था बन्द

काँग्रेस सभासद केशवकुमार बुढाथोकीमाथि आक्रमण भएको विरोधमा आइतवार झापामा शैक्षिक संस्था बन्द गरिएको छ ।नेपाल विद्यार्थी संघ र तरुण दलले आव्हान गरेको बन्दका कारण जिल्लाका सरकारी र नीजि कलेज तथा विद्यालयमा पठन पाठन ठप्प रह्यो ।
कतियप स्थानमा विद्यालय र कलेजसम्म पुगेर विद्यार्थीहरु फर्किएका थिए । दमक, विर्तामोड, धुलावारी, गौरादह, गौरीगन्ज र भद्रपुरमा शैक्षिक संस्थाहरु खुलेका छैनन् । जिल्लाका ग्रामीण भेगका प्लस टु र विद्यालय पनि बन्द रहे ।सभासद बुढाथोकी सहितको काँग्रेस टोली गत विहिवार जागरण अभियान सकाएर गौरादहबाट विर्तामोड फर्कने क्रममा संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ताले कन्काई पुल नजिकै आक्रमण गरेका थिए । त्यस क्रममा परिषदका कार्यकर्ताले काँग्रेस कार्यकर्ताका तीनवटा मोटरर्साईकलमा आगजनी गरेका थिए ।नेविसंघ झापाका सचिव आइन्द्र बिक्रम केरुङले घटनमा संलग्नको खोजी र कार्वाही गर्न प्रशासनले चासो नदिएकोले विरोधका कार्यक्रम शुरु गरिएको बताए । उनले सोमवार एक घण्टा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने तय भएको जानकारी दिएका छन् ।सभासद आक्रमणको घटना अन्जानमा भएको भन्दै यस अघि नै परिषदले क्षमायाचना गरिसकेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।