'बर्मा गयो, कर्म सँगै...' भन्ने नेपाली उखान नेपाली भाषी भुटानी शरणार्थीहरूको जीवनमा लागू भइरहेको छ। आफ्नो जन्मभूमिबाट जबरजस्ती लखेटिएर उनीहरू करिब दुई दशकसम्म पूर्वी नेपालका झापा र मोरङका शरणार्थी शिविरमा बसे। उनीहरूले ती शिविरमा जाडोमा विभिन्न प्रकारका शीतलहरहरूबाट पीडित हुनुपर्यो भनें गर्मीमा लामखुट्टेजन्य रोगबाट। आफ्नो देश फर्किने उनीहरूको चाहना कहिल्यै पूरा भएन, बरु अमेरिकामा गएर बस्ने सौभाग्य भने जुर्यो। तर बर्मा गए पनि कर्म त सँगै जाने भनेजस्तै उनीहरू त्यहाँ पनि यस्तै समस्याहरूसँग जुधिरहेका छन्। प्रस्तुत छ, अमेरिकाको अलामेडास्थित भुटानी शरणार्थी जैन थापाको एक रिपोर्ट: अमेरिकी समयअनुसार जब बिहानको १० बज्छ, तब हालसालै अमेरिकामा पुनःस्थापित भएका भुटानी शरणार्थीहरूको हुल अन्तर्राष्ट्रिय सेन्टरको बाटोतिर लाग्छ। विशेषगरी अहिले जाडोको सिजनमा चिसो र भाइरसबाट जोगिनका लागि उनीहरू फ्लु भ्याक्सिन लगाउनका लागि त्यहाँ जम्मा हुने गर्छन्। आज कम्तीमा दुई सय शरणार्थीलाई भ्याक्सिन लगाउने अपेक्षा हामीले गरेका छौ। यो संख्या दिनहुँ हुन्छ. एक सामाजिक कार्यकर्ताले एउटा साइटमा बताएका छन्। अमेरिकामा धेरै प्रकारका रोगबाट अस्पताल भर्ना हुनुपर्ने र मृत्युको मुखसम्म पुर्याउन जिम्मेवार रहेको त्यहाँका स्वास्थ्यकर्मीहरूले बताएका छन्। अमेरिकाका एक स्वास्थ्य सम्बन्धी वेबसाइटले जनाएअनुसार करिब तीन लाख जाडो र भाइरस संक्रमित व्यक्तिहरूमध्ये करिब १५ हजार अस्पताल पुग्ने गरेका छन् भने त्योभन्दा दोब्बर अर्थात् करिब ३० हजार व्यक्ति प्रत्येक वर्ष मृत्युको मुखमा पुग्ने गरेका छन्। भर्खरै अमेरिकामा स्थापित भएका भुटानी शरणार्थीहरूलाई यी प्राणघातक फ्लुएन्जाहरूबाट बचाउनका लागि भुटानीहरूको स्थानीय समूह, भुटानी अमेरिका सामुदायिक केन्द्रले सञ्चालन गरेको भ्याक्सिन केन्द्रलाई अलामेडा राज्यको सार्वजनिक स्वास्थ्य विभागले सहयोग गरेको छ। भुटानी अमेरिका सामुदायिक केन्द्र अर्थात् बीएसीसी आफैंमा भुटानी शरणार्थीहरूको सानो समूहले स्थापना गरेका हुन्, जो केही समयअघि नै अमेरिकामा बसोवास गर्दै आएका छन्। 'हामीले यो संस्था भुटानी समुदायको बढी घनत्व भएको क्षेत्रमा स्थापना गरेका हौं, जसले नेपालबाट आउने भुटानी शरणार्थीहरूलाई हरेक प्रकारको सहयोग गर्न सकोस्' बीएसीसीका अध्यक्ष वीर थापाले भने। अमेरिकी सरकारले विगत २० वर्षदेखि नेपालमा बस्दै आएका भुटानी शरणार्थीलाई अमेरिकामा पुनर्वासको व्यवस्था गरेपछि बीएसीसीको महत्व अझ बढेको र यसले अरु देशबाट आउने शरणार्थीलाई पनि सहयोग गर्ने उनले बताए। यसले अन्तर्राष्ट्रिय शरणार्थी केन्द्र र भुटानी शरणार्थीबीच पुलको काम गरिरहेको छ भने भर्खरै अमेरिकामा पुनर्वास पाएका शरणार्थीको जीवनलाई सजिलो बनाउन पनि भूमिका निर्वाह गरिरहेको शरणार्थीहरूले बताएका छन्। भुटानी शरणार्थीहरूहरू, जो दुई दशकभन्दा लामो समयदेखि आफ्नो देशबाट टाढा शरणार्थीका रुपमा जीवन बिताइरहेका छन्, उनीहरूलाई आफ्नै घरको सम्झना दिलाउनका लागि बीएसीसीले अमेरिकामा बिभिन्न कार्यक्रमहरूको पनि आयोजना गर्ने गरेको छ। साँघु
Monday, November 24, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।