Tuesday, November 25, 2008

महाभारालाई प्रमुख प्राथामिकता दिनुपर्ने

तठबन्दनको लागी सरकारले उपलब्ध गराएको बजेट बाडफडमा महाभारा गाविसलाई प्रमुख प्राथामिकता दिनु पर्ने गाविसले माग गरेको छ ।अन्य गाविसहरुको तुलनामा महाभारा गाविस धेरै प्रभावित भएको कारण सरकारले काकाई नदी तठबन्दनको लागी उपलब्ध गराएको एक करोड रुपैया बजेट यसै गाविसमा लगानी गरिनुपर्ने गाविस सचिव राम प्रसाद उप्रेतीले जानकारी दिनु भएको छ । उप्रेतीका अनुसार दशक यता खोला अगाडी बहदै गरेको ठाउ छाडे्ेर अन्यत्र ठाउबाट बग्न थालेपछी १० हजारको संख्यामा घरपरिवार विस्थापित भएका छन । भने दुई ओटा बिद्यालय सहित सोही गाविसका ४५६८ र ९ नम्बर वडाहरु कटानको उच्च जोखिममा रहेको छ । काकाई नदी तठबन्दको लागी पहिलोपटक राष्ट्रिय स्तरबाट बजेट छुटेको हो । तर भने थोरै बजेटले अन्य प्रभावित शिवगाज कोरोवारी पाचगाछी सतासी लगायतका गाविसहरुमा समेत तठबन्दन गरिनु पर्ने बताइएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।