Wednesday, November 5, 2008

ने.क.पा.(मसाल)को बैठक सम्पन्न


नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा सबै खाले अवसरवाद र भड्कावका विरुद्ध निरन्तर संघर्षरत रही मार्क्सवाद, लेनिनवाद माओविचारधारा वर्गसंघर्ष, सर्वहारा वर्गको अधिनायकत्व तथा नयाँ जनवादी गणतन्त्रको पक्षमा उभिंदै आएको ने.क.पा.(मसाल) ले नेपाली कम्युनिष्ट आन्दोलनको सही दिशा र लाइनको प्रतिनिधित्व गर्दछ। समकालिन राजनीतिमा संघीयताको विरोध, गणतन्त्रको सुदृढीकरण तथा संविधान निर्माणमा जोड दिंदै आएको ने.क.पा.(मसाल) केन्द्रीय समितिको बैठक पार्टी महामन्त्री मोहनविक्रम सिंहको अध्यक्षतामा हालै सम्पन्न भएको छ। बैठकले समसामयिक राजनीति तथा संगठनात्मक संरचना लगायतका विषयमा आफ्नो अवधारणालाई सार्वजनिक गरेको छ। बैठक समापन पश्चात् महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रेषित वक्तव्यमा भनिएको छः ने.क.पा.(मसाल)को केन्द्रीय समितिको बैठक हालै सम्पन्न भयो। त्यसले देशको राजनैतिक परिस्थिति तथा पार्टीको संगठनात्मक प्रश्नहरु बारे कैयौं महत्वपूर्ण निर्णय गरेको छ। सर्वप्रथम बैठकले पार्टीमा एक व्यक्ति एकपदको नियमलाई लागू गर्ने ठेगान गरेको छ। त्यो नियमलाई पहिले पार्टी, बैधानिक मोर्चा वा जनवर्गीय संगठनहरुका केन्द्रीय समितिहरुमा लागू गर्ने र पछि क्रमशः क्षेत्र वा जिल्लास्तरमा लागू गर्दै जाने ठेगान भएको छ। त्यस सिलसिलामा का. चित्रबहादुर के.सी. पार्टीको प्रवक्ता साथै राष्ट्रिय जनमोर्चाको अध्यक्ष पनि भएकाले उहाूलाई पार्टीको प्रवक्ताबाट हटाउने ठेगान भयो। का. चित्रबहादुर के.सी. प्रवक्ताबाट हटेपछि भएको रिक्त पदमा पछि पदपूर्ति गरिने छ। पार्टीका बैधानिक मोर्चा वा जनवर्गीय संगठनहरुका केन्द्रीय समितिका सन्दर्भमा पनि पहिले केन्द्रीयस्तरमा र पछि क्रमशः तल्लो स्तरमा त्यही प्रकारको एक व्यक्ति, एक पदको प्रक्रियालाई अपनाउने निर्णय भएको छ। बैठकले यो प्रश्नमाथि गम्भीरतापूर्वक विचार गर्‍यो कि संविधानको निर्माणको प्रश्न झन् पछि झन ढिलो र अनिश्चित बन्दै गइरहेको छ। त्यसको परिणामस्वरुप गणतन्त्रको सुदृढिकरण वा संस्थागत गर्ने काममा समेत बाधा पुग्नेछ। बैठकले सत्तारुढ दलहरु र सरकारको त्यसप्रकारको कार्यविधिप्रति गम्भीर असंतोष प्रकट गर्दै निर्धारित समयभित्र संविधान निर्माणको कार्य पूरा गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। देशको राष्ट्रियताका अगाडि संकट बढ्दै गइरहेको छ। संघीयता, एक मधेश एक प्रदेशको माग र सत्तारुढ दलहरुले अपनाउूदै गएका भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादपरस्त नीतिहरु समेतका कारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर आूच पुग्दै गइरहेको छ। पञ्चेश्वर परियोजना, नौमूरे, पश्चिम सेती समेतका सन्धिहरु प्रतिका सरकारका नीतिहरुबाट नेपालका जलस्रोतहरुमा भारतीय प्रभूत्व कायम हुने खतरा गम्भीर बनेको छ। सुस्तामा भारतीय अतिक्रमण रोक्ने र कालापानीमा भारतीय सेनाको कब्जा हटाउने दिशामा पनि सरकारले कुनै पहल गरेको छैन। त्यसप्रकारको पृष्ठभूमिमा हाम्रो पार्टीले, एकातिर, राष्ट्रियताको रक्षा र, अर्कातिर, संघीयताका विरुद्ध समान विचार राख्ने विभिन्न राजनैतिक संगठन, राजनैतिक व्यक्तित्व, सामाजिक संघ–संस्था, बुद्धिजीवी वा सचेत जनतासित सहमति कायम गरेर तथा औपचारिक वा अनौपचारिक एकता वा सामञ्जयताका आधारमा उक्त प्रश्नहरुमा जनमत तयार पार्न वा आन्दोलन संगठित गर्न प्रयत्न गर्नेछ। बैठकले माओवादी लडाकुहरुको विभिन्न क्षेत्रहरुमा व्यवस्थापन वा पुनर्स्थापना गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। तर उनीहरुलाई सरकारी सेनामा सामेल गर्ने कार्यको विरोध गरेको छ। माओवादीहरुको सामाजिक फासिवादी प्रकारको प्रवृत्ति वा कार्यशैली माथि विचार गर्दा माओवादी लडाकुहरुलाई सरकारी सेनामा सामेल गरिएमा देशमा सामाजिक फासिवादी प्रकारको अधिनायकवादी व्यवस्था कायम हुने, देशका, मुख्यतः तराई वा मधेशका, अन्य सशस्त्र गुटहरुबाट पनि समुहगत रुपमा सेनामा सामेल हुन बाटो खुल्ने, भारतीय विस्तारवादलाई नेपाली सेनामा घुसपैठ गर्न मद्दत पुग्ने र देशको राष्ट्रियतामा गम्भीर आूच पुग्ने खतरा हुनेछ। माओवादीहरुले अगाडि ल्याएको जनगणतन्त्रको नारा प्रति पनि हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ। उनीहरुले त्यो नारालाई अगाडि सारेर एकातिर, आफ्ना कार्यकर्ता वा अन्तर्राष्ट्रिय भाईचारा पार्टीहरुलाई उनीहरुले अझै पनि नयाू जनवादी क्रान्तिको सिद्धान्त वा कार्यक्रम नछाडेको भ्रम दिन र, अर्कातिर, विरोधी राजनैतिक शक्तिहरुलाई आतंकित पार्न प्रयत्न गर्दैछन्। तर उनीहरुको मार्क्सवादी–लेनिनवादी सिद्धान्त वा माओवादबाट समेत पतन भएकाले उनीहरुले त्यसप्रकारको नयाू जनवादी गणतन्त्रको पक्षमा संघर्ष गर्ने वा त्यसलाई कायम गर्ने क्षमता राख्दैनन्। त्यसकारण उनीहरुको जनगणतन्त्रको नारा एउटा “वामपंथी” लफ्फाजी मात्र हो। जनगणतन्त्रको नाममा उनीहरुले अधिनायकवाद कायम गर्ने षडयन्त्र गर्दैछन्। तर उनीहरुले कायम गर्ने त्यो अधिनायकवाद नयाँ जनवादी गणतन्त्र वा वास्तविक अर्थमा जनगणतन्त्र नभएर सामाजिक फासिवादी प्रकारको अधिनायकवाद नै हुनेछ। त्यसकारण हाम्रो पार्टीले त्यसप्रकारको अधिनायकवाद कायम गर्ने प्रयत्नहरुका विरुद्ध व्यापक जनमत तयार पार्नुपर्ने र आन्दोलन संगठित गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ। सरकार देशमा महंगी र भ्रष्टाचार कम गर्न असफल मात्र भएको छैन, सरकारको नेतृत्व गर्ने स्वयं माओवादीहरुमा विभिन्न रुपमा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्ने, भ्रष्ट्राचार गर्ने वा सार्वजनिक स्रोतहरुमा समेत एकाधिकार कायम गर्ने प्रवृत्तिहरु बढेर गएका छन्। त्यसरी उनीहरुले राष्ट्रिय ढुकुटीलाई पार्टीको आफ्नै सम्पत्तिको रुपमा उपयोग गर्ने नीति अपनाएको देखिन्छ। उनीहरुको त्यसप्रकारको कार्यप्रणालीबाट देशको विकास कार्यक्रम र जनकल्याणका लागि गरिने कार्यहरु पनि नराम्ररी कुण्ठित हुूदै गइरहेका छन्। माओवादीहरुको त्यसप्रकारको नीतिका विरुद्ध व्यापक रुपले आवाज उठाउनुपर्ने आवश्यकता छ। देशमा हत्या, हिंसा र आतंकको स्थिति कायम छ। खास गरेर तराई वा मधेशमा शान्ति र सुरक्षाको स्थिति गम्भीर भएको छ। पेट्रोलियम पदार्थको मूल्यमा केही कमी गर्ने निर्णय भएपनि अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मूल्यमा भएको कमीका तुलनामा त्यो धेरै नै कम छ। ग्याूस र मट्टितेलको बढेको मूल्यमा कमी गरिएको छैन। त्यसैले हाम्रो पार्टीले पेट्रोलियम पदार्थको मूल्यमा अन्तर्राष्ट्रिय स्तरमा भएको कमीको अनुपातमा ग्याूस र मट्टितेलको मूल्यमा समेत कमी गर्नुपर्ने माग गर्दछ। बैठकले गणतन्त्रको सुदृढिकरण, राष्ट्रियताको रक्षा र संघीयताको विरोधमा समेत राष्ट्रिय जनमोर्चाद्वारा घोषित प्रथम चरणको आसौज १२ गतेको देशव्यापी आमहडताल र नेपाल बन्दको कार्यक्रम भव्यरुपले सफल भएको ठहर गर्‍यो। त्यो सफलताले देशमा राष्ट्रियताका पक्षमा तथा संघीयताका विरुद्ध व्यापक जनमत भएको कुरा स्पष्ट गरेको छ। त्यो जनमतलाई उपेक्षा गर्दै देशमा संघीयता, जातीय राज्य, एक मधेश, एक प्रदेशका नीतिहरुलाई लागू गर्ने दुस्साहस गरियो भने त्यसका दूरगामी दुष्परिणामहरु हुनेछन्। देशलाई त्यसप्रकारको संकट वा दुष्परिणामहरुबाट बचाउन गणतन्त्रको सुदृढिकरण, राष्ट्रियताको रक्षा र संघीयताका विरुद्धको आन्दोलनलाई लगातार अगाडि बढाउनुपर्ने आवश्यकता छ। त्यो राष्ट्रिय आवश्यकता माथि ध्यान दिंदै बैठकले “गणतन्त्रको सुदृढिकरण, राष्ट्रियताको रक्षा र संघीयताका विरुद्ध अभियान”को रुपमा दोस्रो चरणको कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ। त्यो कार्यक्रममा समर्थन र सहयोगका लागि ने.क.पा. (मसाल)ले सबै देशभक्त, जनतान्त्रिक, वामपंथी शक्तिहरु र आम जनतासित हार्दिक अपील गर्दछ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।