Wednesday, November 5, 2008

काठमाडौंमा अन्तर्राष्ट्रिय लोक संगीत महोत्सव सुरु

बुधबारदेखि राजधानीमा अन्तराष्ट्रिय लोक संगीत महोत्सव सुरु भएको छ। नेपालमा पनि गीत संगीत रेकर्ड हुन थालेका १ सय वर्ष पुगको अवसरमा बुधबारदेखि सो महोत्सव सुरु गरिन लागे्को आयोजक म्युजिक नेपालले जानकारी दिएको छ। साथै संस्थाले रेकर्ड सुरु गरेको पनि २५ वर्ष पुरा भएको जानकारी दिँदै आयोजकले महोत्सवमा नेपाल, भारत, प्यालेस्टाइन लगायतका देशका लोक संगीतकर्मीहरुले आफ्नो कला प्रदर्शन गर्ने बताएका छन्। कार्यक्रममा नेपालको पाँचै विकासक्षेत्रको मौलिकता झल्कने किसिमका संगीतहरुको पनि प्रस्तुती रहने जानकारी आयोजक संस्थाले दिएको छ। महोत्सवका राजधानीको दरबार क्षेत्रस्थित वसन्तपुरमा उद्घाटन गरिएको छ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।