Tuesday, December 2, 2008

क्रान्तिकारी को अभियानमा विभिन्न कार्याक्रम

अखिल क्रान्तिकारी झापाले क्षेत्र नं। ६मा संगठन सुदृढीकरण अभियान सम्पन्न गरेको छ । संगठनका जिल्ला सचिव महेन्द्र भट्टराइले सो अभियान अन्तरगत विभिन्न क्याम्पस र बिद्यालयमा गरि एक दर्जन बढी इकाई कमिटिहरु गठन गरिएको जानकारी दिनु भएको छ । १५ दिने सो अभियानको क्रममा कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा ३५ सदसिय क्षेत्रिय समिति निमार्ण गएिको संगठनद्धारा मंगलबार जारी प्रेस बिज्ञप्तीमा जनाइएको छ । विभिन्न समयमा भएका बिद्यार्थी भेलामा माओवादीका क्षेत्रिय सचिव रमेश र संगठनका जिल्ल्ाा सचिव भट्टराईको उपस्थिती रहेको थियो । त्यसै गरि अनेमा संघ क्रान्तिकारीको पनि क्षेत्रिय समिति निमार्ण गरिएको छ । अम्बिका काफ्लेको अध्यक्षतामा २५ सदसिय समिति निमार्ण गरिएको बताइको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।