Wednesday, December 3, 2008

धर्मले समाज परिवर्तन गर्नु पर्छ

मिलन लिम्बू
माङसेवुङ इलाम
गणतन्त्र नेपालको प्रथम राष्ट्रपति रामवरण यादवले समाज परिवर्तको लागी धर्मले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ । किरात धर्मालम्बीहरुको धर्मगुरु आत्मानन्द लिङलेको ५५औ जन्मउत्सवको अवसरमा किरातहरुको केन्द्रीय धार्मिक स्थत इलामको माङसेबुङमा बुधबार आयोजना गरिएको एक कार्यक्रममा प्रमुख अथितिको असनबाट बोल्दै यादवले सो कुरा बताउनु भएको हो । उहाँले नेपाली जनता धर्मप्रति आस्थावान रहेको बताउदै समाजमा रहेको विकृति र विसंगतिहरुलाई हटाउदै नौलो प्रकारको समाज निमार्ण गर्नुको लागी सम्पूर्ण धर्मावलम्बीहरुले जनचेतनामुलक धार्मिक कार्यक्रमहरु गर्नु पर्ने कुरामा जोड दिनु भएको छ । त्यसै गरि विसिष्ठ अतिथिको आसनबाट बोल्दै संविधान सभाका सभादक्ष सुवासचन्द्र नेम्बाङले संघिय लोकतान्त्रिक गणतनत्र नेपाल धर्म निरपेक्ष भएतापनि संविधानमा भने लेख्न बाकी नै भएको कारण सबै धर्मावलम्बीहरुले पनि संविधान निमार्णमा सहयोग गर्नु पर्ने कुरा बताउनु भएको छ । विभिन्न संस्कृतिक कार्यक्रमहरुमाझ सम्पन्न जन्मोत्सवमा नेपालका अन्य जिल्लाहरु साथै भरात भुटान श्रीलङ्का हङकङ सिङगापुर कतार लगायतका अन्य थुप्रै राष्ट्रका हजारौ संख्या भक्तजनहरुको उपस्थितिमा सम्पन्न कार्यक्रम माङहिम संरक्षण समितिका अध्यक्ष केहेर िसंह योङहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।