Wednesday, December 3, 2008

परिचय पत्र बितरणकार्य सम्पन्न

सरकारी अधिकारीहरुले झापा र मोरङका बिभिन्न ७ शिविरमा बस्दै आएका भुटानी शरणार्थीहरुलाई शरणार्थी परिचय पत्र बितरण कार्य सम्पन्न गरेको छ । राष्ट्रसघीय शरणार्थी आयोगको शुपरिबेक्षणमा गृह मन्त्रालयको शरणार्थी समन्वय इकाइले ७ शिविरका १६ बर्ष माथिका ७५ हजार ८ सय ८९ शरणार्थीलाई परिचयपत्र बाडेको हो ।यसै गरी बिभिन्न मुद्धामा झापार मोरङका कारागरमा रहेका ४३ शरणार्थीलाई बुधबार र बिहिबार सम्ममा दिने तयारी भइहरेको बताइएको छ । यसरी बाडिएको परिचय पत्रका आधारमा शरणार्थी परिचय पत्र पाउने भुृटानीको सख्याँ ७५ हजार ९ सय २५ पुग्ने छ । परिचय पत्र तयास भएका ९ सय ९४ जना शरणार्थीहरुले अझै परिचय पत्र लिन नआएको सरकारी अधिकृत बसन्तराज पुरीले बताउनुभयो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।