नेपाल औषधी व्यवसायी संघको केन्द्रीय महाधिबेशन झापाको दमकमा हुनु यस क्षेत्रको गौरब भएकाले यसलाई सम्पन्न गर्न सहयोगका लागी सबै पक्ष सँग आग्रह गरिएको छ ।आगामि पुस १० देखि १३ गते सम्म सम्पन्न हुन लागेका संघको महाधिवेसन लाई भव्यताका साथ सम्पन्न गर्ने उद्देश्यले आवश्यक सुझाव संकलन साथ गर्नको लागी संघको मेची शाखाले बिहिबार आयोजना गरेको सर्बपक्षिय छलफलको अवसर पारेर शाखाले सो आग्रह गरेको हो । गृहमन्त्री बामदेव गौतमबाट उद्घाटन हुने उक्त महाधिबेशनमा कुल १३ शाखाका प्रतिनिधी र परिवेक्षक गरी ४ सय जनाको सहभागीता हुने मेची शाखका अध्यक्ष राजेन्द्र ढकालले बताउनुभयो ।छलफल कार्यक्रममा शसस्त्र प्रहरीका एसपी बालकुमार श्रेृष्ठ रेडक्रश उपशाखा दमकका सभापति मानबहादुर बुढाथोकी उद्योग बाणिज्य संघका इन्द्रकुमार श्रेष्ठ पत्रकार भुपेन्द्र तिम्सीना लगायतले बोल्नुभएको थियो ।
Friday, December 19, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।