Friday, December 19, 2008

दुर्घटनामा १५ को ज्यान गयो

मंसिर महिनामा झापामा भएका सबारी दुर्घटनामा परि १५ जनाको ज्यान जानको साथै ३० चन्दा बढी घाईते भएका छन ।जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार एक महिना अवधिमा बिभिन्न स्थानमा भएको छेटा-छुटै सवारी दुर्घटनामा परि १५ को मृत्यु हुनको साथै ३० बढी घाइते भएकॊ जनाएको छ । यसरी ज्यान गुमाउनेहरुमा ५ महिला र १ बालक सहित अन्य पुरुष रहेको बताइएको छ । गएको असोज महिना यता भएका दुर्घटनामा ३० जनाको ज्यान गुमेको कार्यालयले जनाएको छ ।अधिकाशं दुर्घटना झापाको माइपश्चिममा भएकाले त्यस क्षेत्रको दुर्घटना न्युनिकरणमा प्रभावकारी कदम चाल्ने ट्राफिक कार्यालय बिर्तामोडले बताएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।