Wednesday, December 17, 2008

शरणर्थीद्धारा दिवस बहिस्कार

भुाटानमा आज मानाइरहेको १०१ औ राष्ट्रिय दिवस झापा र मोरङमा बसीरहेका सवा लाख भुटानी शरणार्थीहरुले बहिस्कार गरेका छन ।आज १७ डिसेम्बरका दिन भुटानी शरणार्थी शिबिर बेलडागीँमा भेला भएका शरणार्थीहरुले भुटानी राजाको पुत्ला दहन गरी भुटानमा रहेको निरङकुश राजतन्त्रको बिरोध गरेका छन । उनीहरुले भुटानमा निरङकुश तानाशाहले आफ्ने प्रभुत्व जमाइ त्यहाँका सोझा भुटानी नागरिकहरुलाई दमन गरेको बताएका छन ।बेलडागीँ २ मा शुरु भएको सभा हुनु अगाडी उनीहरुले स्वदेश फिर्न पाउने आफ्नो अधिकारको सम्मान गर्न भुटान सरकार समक्ष आवह्ान गरेको प्लेकार्ड बोकी शिविर परिक्रमा गरेका थिए ।सभामा नेपाल शिक्षक परिषदका केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठ भुटानी अधिकारबादी डा। भम्पा राई शरणार्थी अगुवा गोपाल गुरुङलगायतले बोल्नुभएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।