Thursday, December 18, 2008

शान्ति सम्झौता विपरित कंग्रेस

नेकपा माओवादीको कोचिला राज्य समिति सदस्य तथा झापा जिल्ला ईाचार्ज झलक सिहं दर्लामी सन्देशले नेपाली कंग्रेस शान्ति सम्झौता विपरित अगाडी बढीरहेको बताउनु भएको छ । नेकपा माओवादी दमक नगर समितिको प्रथम दमक नगर अधिवेसनमा प्रमुख अतिथिको आसनबाट बोल्दै वहाँले नेपाली कंग्रेस संविधान लेख्ने समयमा रचनात्मक प्रतिपक्षीको रुपमा आफुलाई चिनाउदै हिडेको टिप्पणी गर्नु भएको छ । शाक्ति सम्झौता विपरित अगाडी बढ्न जनताले कंग्रेस वा अन्य कुनै पनि दलहरुलाई छुट नदिने वहाँको भनाई थियो । बिदेशी तत्वहरुको इसारामा कंग्रेसले शान्ति सम्झौता विपरित जथाभावि नकरात्मक भुमिका निवार्ह गर्दै माओवादी नेतृत्वको सरकारको आदोचना गर्न लागी परेको वहाँले आरोप लगानु भएको थियो । शेना समायोजनको सम्बन्मा अन्तरीम सम्विधानमै स्पस्ट किटान भईसकेको जिकीर गर्दै कंग्रेसले आफुले दिएको प्रमाण-पत्र लिनेहरु मात्रै राष्ट्रिय शेना हुन भन्ने खालको अनावश्यक कुतर्क अघि सारेकोले यो शान्ति सम्झौता विपरित भएको वहाँको दावी रहेको थियो । अधिवेसन उद्दघाटन कायृक्रममा रराज्य समिति सदस्य भुमिका वाईसिएल जिल्ला अध्यक्ष कुसल नेकपा एमालेका अम्बीका खनाल मालेका बिष्णु अधिकारी जनमोर्चा नेपालका हरि लामा राप्रपा नेपालका राम थापा मानबअधिकार संगठनका केन्द्रय सदस्य केपी सुवेदी नागरिक समाजका कमल जंगली दमक नगरपालीकाका कार्यकारी अधिकृत पसुपतिराज खतिवडा लगायतले बोल्नु भएको थियो । कार्यक्रम नगरका सचिव नरहरी दाहालुको सभापत्तित्वमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।